बिहीबार, मंसिर १८ २०७७
काठमाडौं १०:३५
वासिङटन डिसी 23:50

संयुक्त राज्य अमेरीकामा हुन गै रहेको राष्ट्रपति निर्वाचनमा नेपाली मुलका नागरिकको मत बारे मत सर्वेक्षणको परिणाम

इनेप्लिज २०७७ कार्तिक १८ गते १८:१२ मा प्रकाशित

नोभेम्बर २, २०२० मा भुगोल पार्क डट कम ले संयुक्त राज्य अमेरीकामा हुन गै रहेको राष्ट्रपति निर्वाचनमा अमेरिकामा बसोबास गर्ने नेपाली मुलका नागरीकको भोट बारे मत सर्वेक्षण गरेको छ ।

उक्त सर्वेक्षण अनुसार राष्ट्रपतिका २ प्रतिपक्षी डोनालड ट्रम्प र जो बाइडन मध्य कसलाई भोट गर्नुहुन्छ भनेर गरिएको मत सवेक्षणमा सहभागी भइ ७६% नेपालीमुलका अमेरीकीले जो बाइडन र २०% नेपालीमुलका अमेरीकीले डोनालड ट्रम्प लाई भोट गरेका छन् । यस नतिजाले वर्तमान राष्ट्रपति डोनालड ट्रम्प प्रतिपक्षी जो बाइडन भन्दा धेरै फराकिलो मतान्तरले पछाडी परेको देखाएको छ ।

भुगोल पार्क डट कम नेपालको पहिलो र एकमात्र मत सर्वेक्षण संगठन हो । यसले अनलाइन प्रविधि मार्फत मत सर्वेक्षण गर्दै आइरहेको छ । यसले नेपालमा हाल सम्म ९ वटा राष्ट्रिय ऐजेन्डामा मत सर्वेक्षणहरु सञ्चालन गरिरहेको छ । भुगोल पार्कले अद्धितीय वैज्ञानिक एल्गोरिदम फॉर्मूला प्रयोग गर्दछ जसले डेटाको नतिजा गणना गर्दछ ।

सर्वेक्षणमा नमुनाको आकार प्रतिशतको गोलाकार थियो र प्लस माइनस ५.५ को त्रुटिको अनुमानित मार्जिनको साथ अमेरीकी राष्ट्रपति निर्वाचनमा गरिएको मत सर्वेक्षणमा १० शीर्षक र डेमोग्राफिक्समा प्रश्नहरु थिए । प्रत्येक प्रश्नको जवाफ जनसांख्यि अनुसार प्रत्येक वर्गमा तोडिएको छ । पुरा डेटा विशलेषण आगामी २ दिनमा पुरा हुने अपेक्षा गरिएको छ ।

भुगोल पार्क डट कमका सञाच्लक प्रमुख शुष्मा सुवालका अनुसार मतदान मोडल वैज्ञानिक र विश्वका अग्रणी सर्वेक्षणकर्ताहरुले प्रयोग गरेको मतदान विधिसँग मिल्लोजुल्दो रहेको बताउनु भएको छ ।

यो मत सर्वेक्षणले नेपाली मुलका अमेरीकी नागरीकहरुको दुई तिहाई भन्दा बढी जो बाइडनको पक्षमा देखाएको छ।

पुर्ण विवरणको लागि तलको लिंकमा थिच्नुहोस्

https://www.bhugolpark.com/article/11

यस सर्वेक्षणको अभिमत निम्न अनुसार देखिन्छ ।

प्रतिक्रिया