आइतबार, साउन १० २०७८
काठमाडौं १९:२०
वासिङटन डिसी 09:35

डा केसी र सरकार बीच ८ बुदे सहमति पत्रमा हस्ताक्षर ,आइतबार अनसन तोड्दै डा केसी

इनेप्लिज २०७७ असोज २४ गते १८:४३ मा प्रकाशित

२७ दिनयता अनसनरत डा गोविन्द केसी पक्ष र सरकारबीच ८ बुँदे सहमति भएको छ। शनिबार राती सरकारी पक्ष र डा केसी पक्षबीच वार्ता भएपछि ८ बुँदे सहमति भएको डा केसी पक्षका वार्ता टोली सदस्य डा लोचन कार्कीले जानकारी दिएका हुन्।

सहमति डा केसीका ६ बुँदे मागका ६ वटा सहमति छन्। ७ नम्बर बुँदामा उक्त सहमतिलाई सम्बन्धित निकायमा लैजाने र ८ नम्बर बुँदामा अनसन तोड्ने विषय उल्लेख छ।

सरकारसँग सहमति भएपनि डा केसीले भने आइतबार मात्र अनसन तोड्ने भएका छन्।

सरकारी पक्ष डा केसी पक्षसँग सहमतिपत्रमा हस्ताक्षर गर्न त्रिवि शिक्षण अस्पताल पुगेको थियो। शनिबार दिनभर गृहकार्यमा रहेको दुवै पक्षको वार्ता टोलीले राती निष्कर्ष निकालेको हो।

बिहीबार सकारात्मक कोणबाट सुरु भएको वार्ता शुक्रबार भने निराशाजनक भएको थियो। शुक्रबारको वार्ता लगत्तै डा केसी पक्षले आन्दोलनका कार्यक्रमसमेत सार्वजनिक गरिसकेको थियो।

बिहीबार १० घण्टा बसेर रोकिएको वार्ता शुक्रबार राती ९ बजे सिंहदरवारस्थित शिक्षा मन्त्रालयमा भएको थियो। तर बिहीबारको कुराकानीभन्दा शुक्रबार सरकारी पक्ष पछि हटेपछि वार्ता निष्कर्षविहीन भएको थियो।

२७ दिनयता अनसनरत डा केसीको स्वास्थ्य अवस्था भने कमजोर बन्दै गएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ। आफ्ना माग पूरा नहुन्जेल डा केसीले अनसन जारी राख्ने अडान दोहोर्‍याउँदै आएका थिए।

श्रोत :नेपाल लाइभ/एसिया संचार (भिडियो )

डा. गोविन्द केसी र सरकारबीच ८ बुँदे सहमति पत्रमा हस्ताक्षर । तर डा. केसीले अनसन आइतबार बिहान मात्रै तोड्नु हुने ।

Posted by Asia Sanchar on Saturday, 10 October 2020

प्रतिक्रिया