बुधबार, असोज ६ २०७८
काठमाडौं ०८:०५
वासिङटन डिसी 22:20

न्यूयोर्कमा एउटा मानिसलाई अमेरिकी अध्यागमन परिचालनको बेला मुखाकृतिमा गोली प्रहार

इनेप्लिज २०७६ माघ २४ गते ०:५८ मा प्रकाशित

फेब्रुअरी ६, न्यूयोर्कमा एउटा मानिसलाई अमेरिकी अध्यागमन परिचालनको बेला मुखाकृतिमा गोली प्रहार भएको समाचार छ । ट्रम्प प्रशासन र न्यूयोर्क शहर बीचमा शरण स्थल (स्यांगचुअरि)नीतिहरूको बारेमा बढेको विवादको बीचमा गोली चलेको छ ।

संघीय अधिकारीहरु न्यूयोर्क शहरमा मानिस माथि गोली प्रहार गरिएको बिषयमा अमेरिकी अध्यागमन र भन्सार प्रवर्तन अधिकारी उक्त गोलीबारी अनुसन्धान गरि रहेका छन् । बिहिबार बिहान ८:१५ मीनेटमा ब्रुकलिन को छिमेक नजिक उक्त घटना घटेको प्रहरीले जनाएको छ । संघीय अधिकारीहरूले मेक्सिकोका ग्यास्पर अभेन्डानो-हर्नान्डेजलाई कागजात नभएको आरोप लगाई पक्राउ गर्न खोजेका थिए ।

उक्त पक्राउ गर्ने क्रममा दुई अधिकारी माथि भौतिक आक्रमण भएकोले अस्पताल भर्ना गरिएको छ । कम्तिमा उक्त घटनामा एक अधिकारीले गोली चलाएका र अर्का व्यक्तिले बाधा गरेकोले कम्तीमा एक अधिकारीले उक्त भिडन्तको क्रममा गोली हाने र अर्को व्यक्तिलाई अन्वेन्डानो-हर्नान्डेजको पक्राउमा हस्तक्षेप गरेको आरोपमा प्रहार गरेका थिए ।  उक्त पक्राउ गरिएको मानिसको नाम सार्वजनिक गरिएको छैन भने घाइते भएता पनि कुनै खतरा नभएको प्रहरीले जनाएका छन् ।

आईसीईले एक विज्ञप्ति जारी गरि कि न्यु योर्क शहर प्रहरीले नक्कली उपकरण राखेको अभियोगमा सोमबार अभेन्डानो-हर्नान्डेजलाई पक्राउ गरेको जनाएको छ । संघीय अधिकारीहरूले उनको अध्यागमनको लागि “अध्यागमन पक्राउकर्तालाई दर्ता गर्ने प्रयास गरे” तर उनी हिरासतबाट छुटे, आईसीईले उक्त विज्ञप्तिमा भनेको छ।

“यसैले आईसीईका अधिकारीहरूले उनलाई कारागार (जेल)को सुरक्षित ठाउँमा भन्दा न्युयोर्कको सडकमा भेट्न बाध्य पारे,” आईसीईले भन्यो।

समाचार श्रोत : अलजजिरा अमेरिका ,तस्बिर :रोयटर्स

प्रतिक्रिया