बुधबार, चैत २६ २०७६
काठमाडौं ०८:१६
वासिङटन डिसी 22:31

अमेरिकामा एन्फाका पूर्व अध्यक्ष थापाको मुटुको शल्यक्रिया सफल संगै खेलाडीहरुले गरे अन्तरक्रिया कार्यक्रम

जीवनमा खेलको लागि गरेको योगदान तहस नहस भएको र त्यो पिडा अझै भोगी रहेको

विजय थापा २०७६ माघ १९ गते १६:४० मा प्रकाशित

डिसी । अमेरिकामा स्वास्थ्य उपचार गर्न आएका अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व अध्यक्ष तथा एसियाली फुटबल महासंघका पूर्व उपाध्यक्ष गणेश थापाको मुटुको शल्यक्रिया सफलसंगै अमेरिकामा रहेका खेलाडीहरुले अन्तरक्रिया कार्यक्रम गरेका छन् ।

कार्यक्रममा मन्तब्य राख्ने वक्ताहरुले थापाको स्वास्थ्यको शिघ्र लाभको कामना गर्नुको साथै थापाले एन्फा द्वारा उनले दुई दशक सम्म भकुण्डो खेललाई गरेको योगदान र नेपालमा भकुण्डो खेलको विकास आदि गरेको कार्य आदी ईत्यादीको बारेमा चर्चा गरेका थिए ।

थापाले मुटुको शल्यक्रिया बारेमा अमेरिका जाँदा हल्ला खल्ला नगरेको भन्दै आफूलाई अहिले शल्यक्रिया पछि राम्रो भएको बताए । उनले मन्तब्यको सुरुमै कार्यक्रमको आयोजनाको समन्वय गर्ने उशु खेलाडी तथा प्रशिक्षक चन्द्र लामालाई धन्यबाद दिएका थिए ।

कार्यक्रम संचालक साहित्यकार सीता पाण्डेले गर्दै गर्दा थापाले हामी खेलाडी थियौ र सीता जी खेलकुद प्रशासनमा हुनु हुन्थ्यो भनि स्मरण गर्दै शरद चन्द्र शाहको पालामा नेपालको खेलकुद स्वर्णिम युग भएको बताए ।

आफ्ना मन्तब्यको सुरुवात संगै उनले १९८१ मा आफूलाई बंगलादेशको क्लबबाट खेल्ने हो १ लाख दिन्छौ भन्दा सपना जस्तो लागेको बताए । उनले व्यावसायिक ,राष्ट्रिय ,अन्तर्राष्ट्रिय खेल खेलियो र कति गोल हानियो भने कति गोल पनि खाईयो भनि स्मरण गरे ।

उनले एक खेलाडी भए पछि अवकास लिने बेलामा सुखद क्षण होस् भन्ने अवस्थामा दुखद क्षण भोग्नु परेको घटना सुनाए । आफू भकुण्डो टोलीको टोली नेता र मलाई नियतपूर्ण र आफूलाई हिनताबोध हुने गरि मलाई राष्ट्रिय टोली निस्काशित गरियो उनले भने ।

त्यो के कारण भने ०४६ साल आयो ,कमल थापाको भाई भनि जोड जाड गरियो । आफू स्पष्ट वक्ता भएकोले भारतको प्रसिद्ध इष्ट बंगालमा व्यावसायिक खेलाडी भै गोल गर्दै गरेको ,नेपालमा पनि राष्ट्रिय टोलीमा सबै भन्दा गोल पनि गर्दै गर्दा मलाई निकालियो जुन अत्यन्तै दुखद घटना हो भने ।

उनले अगाडी भने भारतमा इष्ट बंगाल बाट व्यावसायिक खेल खेल्दा घाइते भए र पछि खेल्न सकिन भनि अर्को दुखद क्षण त्यो भएको बताए । उनले ०४६ साल पछि एमालेको सरकार हुँदा मोदनाथ मोदनाथ प्रश्रित शिक्षा तथा खेलकुद मन्त्रि हुँदा आफ्नो कुरा राखे पछि अखिल नेपाल फुटबल संघ( एन्फा) को अध्यक्ष भै करिव २० बर्ष योगदान गरेको चर्चा गरे ।

उनले आफूलाई कसैले सिकाएको पनि हैन भन्दै हेटौडाका चउरमा आफै खेलेको ब्याख्या गरे । उनले एन्फा एकडेमीमा ४० जना नेपालका बिभिन्न भागबाट छनौट गरि पहिलो समुहको राजिब श्रेष्ठ उपस्थिति भएको भन्दै आफूले सुरुवात गरेको जानकारी दिए ।

आफूले थुप्रै काम गरेको चर्चा छोटकरीमा गर्दै राम्रो कुराहरुको समाचार संचार माध्यममा नआउने तर नराम्रो कुराको समाचार आउने प्रसँग ल्याए । उनले एसियाली फुटबल संघमा भारत ,पाकिस्तान र ईरानका ठूला ब्यक्त्तित्व तथा मन्त्रिहरु समेत उपाध्यक्ष पदमा मनोनयन गरेको छोटो प्रसंग छुदै ईतिहास मै पहिलो पटक नेपालले पहिलो पटक उपाध्यक्ष पद जित्यो भनि आफ्ना बिगतका घटना सुनाए ।

उनले आफूलाई ज्यादै घात परेको चर्चा सुनाउदै अख्तियारले सफाई दिने तर फिफाले कारवाई अगाडी चलाएको चर्चा गरे । उनले अगाडी भने यी दुई अलग बिषय हुन् भन्दै स्पष्ट बनाए । उनलाई कतारका ब्यापारी र आफ्ना नजिकका मित्र हमामले आर्थिक सहयोग गरेको र उक्त रकम मतको लागि दिएको भनि आफूलाई कारवाई गरेको बताए ।

फिफाले कारवाई गरे पछि लडन सकिन्थ्यो तर ज्यादै ठूलो आर्थिक भार पर्ने हुनाले त्यसमा आफू नलागेको बताए । मलाई नेपालमा यसरी नकारात्मक प्रचार प्रसार गराई दिए ५८ करोडको भ्रष्टचार भनि आरोप लाग्यो ।

नेपालका मुख्य मुख्य पत्रपत्रिकाले लेखे । ५८ करोड बजेट नै नभएको अवस्थामा उक्त कुरा बाहिर आयो । उक्त कुरा लेखा समितिले निकालेको भने जव कि लेखा समितिले निर्णय नै गरेको थिएन उनले भने ।

तत्कालिन समयमा लेखा समितिमा माननीय रामहरि खतिवडाले मलाई ५८ करोडको भ्रष्टचार गरेको ठहर र अख्तियारमा कारवाईको लागि सिफारिस भने पछि मलाई ध्वस्त बनाइयो । यस्तो लेखे पछि पत्र पत्रिकाले नलेख्ने कुरै भएन भने उनले भने । छानबिन भयो र सफाई पाए ।

त्यसपछि अख्तियारले सफाई दियो र लेखा समितिमा निर्णय नै गरेको थिएन उनले बताए । फिफाले नेपालमा आई सबै कुरा छानबिन गरेको भन्दै जीवनमा खेलको लागि गरेको योगदान तहसनहस भएको जनाए । र त्यो पिडा अझै भोगी रहेको बताउदै सबैबाट सफाई पाएको हुँदा हुदै पनि अझ भ्रष्टचारको दृष्टिले हेर्ने सबै नेपाली समुदायलाई ध्यान आकर्षण गराउन चाहेको बताए ।

आफूले आफ्नो आत्मकथा पुस्तक निकाल्ने तयारीमा भएकोले आफूले नाम नै किटान साथ उक्त पुस्तकमा आउने जनाए । अब नेपाल गए पछि कि मलाई कारवाई गर नत्र सार्वजनिक रुपमा गणेश थापा निर्दोष र यसको कुनै संलग्नता छैन भनि दोषारोपण र आरोप लगाउनेले खण्डन गर्नु पर्यो उनले भने ।

म माथि लगाईएका मिथ्या ,झुटा कुराहरु मात्र हुन् भन्नु पर्यो नत्र आफू माथि लागेको कालो धब्बा मेटाउन आफू सक्रिय रुपमा कदम चाल्ने बताए । उपस्थित सहभागीले जिज्ञाशा राखेका थिए भने थापाले उत्तर दिएका थिए ।

एन्फाका पूर्व अध्यक्ष थापासँग अमेरिकामा बोल्दै :

Posted by Enepalese on Saturday, February 1, 2020

गत फेब्रुअरी १ शनिबारका दिन उक्त अन्तरक्रिया कार्यक्रम भर्जिनियाको सेन्टरभिल स्थित नेपाली पाठशालामा सम्पन्न भएको थियो । उक्त कार्यक्रमका लागि थापा संगै बिगतमा भकुण्डो खेलेका पूर्व गोल किपर (भकुण्डो रक्षक)बिनोद खरेल ,राष्ट्रिय भकुण्डो टोलीका चर्चित पूर्व खेलाडी उमेश प्रधान ,एन्फा एकाडेमीका दोश्रो पुस्ताका उत्पादन राजिब श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सभापतित्व नेपाल भलिवलका पूर्व राष्ट्रिय खेलाडी तथा टोली प्रमुख सुनिल चौधरीले गरेका थिए ।

समन्वय गरि रहेका चन्द्र लामाले स्वागत मन्तब्य गरेका थिए भने कार्यक्रम संचालन साहित्यकार सीता पाण्डेले गरेकी थिइन् । कार्यक्रममा एएनएका वरिष्ठ उपाध्यक्ष खगेन्द्र अधिकारी ,वरिष्ठ पत्रकार जयदेव गौतम, बिनोद खरेल ,राष्ट्रिय भकुण्डो टोलीका चर्चित पूर्व खेलाडी उमेश प्रधान,मुडकीबाज मनोज श्रेष्ठ,सुनिल चौधरी ,नेपाली पाठशालाका प्रधानाचार्य बिष्णु गौतम, चिकित्सक मदन उप्रेती लगायतले बिभिन्न खेल संग सम्बन्धित रोचक,ज्ञानगुनका कुरा ,थापाका कुरा लगायत उनले गरेका योगदानका बारेमा चर्चा गरेका थिए ।

प्रतिक्रिया