सोमबार, भदौ ३० २०७६
काठमाडौं ०१:५२
वासिङटन डिसी 16:07

क्यालिफोर्नियाको खाद्य उत्सवमा अन्धाधुन्ध गोली प्रहार गर्दा ३ जनाको मृत्यु, ११ घाइते

इनेप्लिज २०७६ साउन १३ गते १०:५४ मा प्रकाशित

अमेरिकाको क्यालिफोर्नियाको खाद्य उत्सवमा गत आइतबार अन्धाधुन्ध गोली प्रहार गर्दा ३ जनाको मृत्यु तथा ११ घाइते भएका छन् । हरेक बर्ष १० औ हजार मानिसहरु भेला हुने ठाउँमा उक्त गोलीबारी भएको हो ।

उत्तर क्यालिफोर्नियामा आयोजित गार्लिक फुड फेस्टिबल नामक खाद्य उत्सवमा बन्दुकधारी व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गरेका थिए । जवाफमा प्रहरीले १ मिनेट भित्र उनलाई गोली प्रहार गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । गोलीबारी भए पछि मानिसहरु बन्दुकको आवाज सुनेपछि त्यहाँ भागदौड भएको थियो ।

क्यालिफोर्नियाको गिलरोयमा उक्त घटना भएको हो भने प्रत्यक्ष दर्शीले यो डरलाग्दो थियो र सबै तिर रगत देखिन्थ्यो भनि संचारमाध्यमलाई जानकारी गराएकी छिन् ।

घटनापछि क्यालिफोर्नियाका गभर्नर गाभिन न्युसमले घटनाको छानविन गर्न आदेश दिएका छन्। घटना ५:३० मा भएको थियो भने घाइतेहरुलाई सेन्ट लुइज क्षेत्रीय अस्पताल तथा सान्टा क्लारा भ्याली मेडिकल सेन्टरमा उपचारको लागि लागिएको छ । गिलरोय गार्लिक उत्सव सान जोस देखि ३० माइल टाडा रहेको छ । एक जना बालक पनि मारिएका छन् भने बन्दुकधारी राइफल सहित घेरा बाट भित्र पसेको प्रहरीले जनाएका छन् ।

समाचार श्रोत : सीएनएन
तस्बिर : रोयटर्स

प्रतिक्रिया