शुक्रबार, मंसिर २७ २०७६
काठमाडौं ००:५२
वासिङटन डिसी 14:07

नयाँ एसाईलम नीतिलाई अदालतको हरियो झण्डा

ईमिग्रेसन व्यवस्थित गर्न सरकारलाई नीति बनाउने अधिकार हुन्छ: अदालत

यादवराज जोशी २०७६ साउन ८ गते २१:३८ मा प्रकाशित

यादवराज जोशी

अमेरिकाको राजधानी वासिड.टन डिसीस्थित संघिय अदालतले राष्ट्रपति ट्रम्पको नयाँ एसाईलम नीतिलाई वैधानिक बताएको छ । दुई गैरनाफामुखी संस्था क्यापिटल एसिया ईमिग्रेसन राईट्स कोलिएसन र रेफ्युजी एण्ड ईमिग्रेसन सेन्टर फर एजुकेसन एण्ड लिगल सर्भिसले तेस्रो मुलुक हुदै अमेरिका प्रवेस गर्नेलाई एसाईलमको अधिकार नदिने नयाँ नीतिविरुद्ध मुद्दा दायर गरेका थिए ।

“ईमिग्रेसन व्यवस्थित गर्न सरकारलाई नीति बनाउने अधिकार हुन्छ,” भन्ने फैसला गर्दै संघिय अदालतका न्यायाधीस तिमोथी जे केलीले बुधबार नयाँ एसाईलम नीतिलाई अदालतको हरियो झण्डा देखाएका हुन । दुई संस्थाले खतरनाक अवस्थाबाट भागेका नयाँ नीति ल्याएर एसाईलम दिन्न भन्नु उचित नभएको जिकिर गरेका थिए । केली राष्ट्रपति ट्रम्पले नियुक्त गरेका न्यायधीस हुन ।

न्यायाधीस केलीले फैसलामा मुद्दा दायर गर्ने वादीले नयाँ नीतिले कसलाई कसरी नकारात्मक प्रभाव पर्यो साथै नयाँ नीति कसरी कानुन विपरित भयो भन्ने वस्तुनिस्ठ प्रमाण दिन नसकेको बताएका छन् । “यसले आप्रवासीलाई नराम्रो प्रभाव पार्दैन म भन्दैन तर मुद्दा दायर गर्ने संस्थाले नयाँ नीतिले कसलाई कसरी नकारात्मक प्रभाव पर्यो भन्ने प्रमाण पेस गर्न सकेनन्,” उनले भने ।

ह्वाईट हाउसले अदालतको फैसलाको स्वागत गरेको छ । ह्वाईट हाउसद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “यो हाम्रो एसाईलम नीतिको दुरुपयोग रोक्ने प्रयासको विजय हो ।” ट्रम्प सरकारले गत मंगलबार मंगलबार दक्षिण अमेरिकाबाट आएर एसाईलम आवेदन गर्नेको संख्या कटौती गर्न अन्य देश हुदै अमेरिका प्रवेश गर्नेलाई एसाईलम आवेदन गर्ने अवशर नदिने नीति ल्याएको थियो । यो नीतिले मेक्सिको (तल्लो बाटो) हुदै अमेरिका छिर्नेको संख्या भारी कटौती गर्ने डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी र डिपार्टमेन्ट अफ जस्टिसले बताएका थिए ।

अमेरिकी ईमिग्रेसन अदालतमा एसाईलमको लामो लाम छ । करिव दशलाख एसाईलम मुद्दा थाँति (पेण्डिड।) मा रहेका छन् । यि मुद्दामा छिनोफानो बर्षौ लागन्े गरेको छ । दक्षिण अमेरिकीहरुको एसाईलम मुद्दामा २० प्रतिसतले एसाईलम पाउने गरेका छन् । यसले उनीहरुको मुद्दामा सत्यता निकै कम हुने गरेको ट्रम्प प्रशासनको दावी छ ।

मेक्सिकोसंगको सिमाबाट सन् २०१९ को ६ महिनामा दशलाखभन्दा बढी समातिएका छन् । सिमाबाट अवैधानिकरुपमा प्रवेश गर्नेको संख्या हालका दिनमा निकै बढेको छ । गत जुनमा एकलाख चारहजार तीनसय ३४ जना सिमा पार गर्नेक्रममा समातिएका थिए । यो संख्या सन् २००२ को मार्चमा दुईलाख २० हजार ६३ थियो भने सन् २०१६ मा ५० हजारको हाराहारीमा थियो ।

नयाँ नीतिले ईमिग्रेसन अधिकारी र न्यायधिसलाई एसईलम अस्विकृत गर्ने धेरै अधिकार दिनेछ । ह्वाईट हाउसका अधिकारीले एसाईलममा गरिने परिवर्तनका बारेमा कांग्रेसका अधिकारीलाई सोमबार बिहान अनुशिक्षण दिएका छन् ।

अब बाटोमा पर्ने देशले शरणार्थी (रेफ्युजी) को दर्जा दिन अस्वीकार गरेको प्रमाण पेस गर्नेको मात्र एसाईलम आवेदन स्वीकृत गरिने छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका कार्यवाहक निर्देशक केभिन म्याकएलेनले नयाँ नीतिले अमेरिकी एसाईलमको चाप घटाउने बताएका छन् । मानव तस्कर, आर्थिक फाईदाको अमेरिका आउन चाहनेको बाटो यसले बन्द गर्ने उनले बताए ।

स्रोतः एजेन्सीहरु
तस्वीरः गुगल खोज

प्रतिक्रिया