सोमबार, साउन २३ २०७९
काठमाडौं ०४:५०
वासिङटन डिसी 19:05

संकटकाल राजनीतिक मुद्दाको समाधान होईनः विज्ञ

यादवराज जोशी २०७५ पुष २४ गते १४:३२ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रको नाममा सम्बोधन गर्ने क्रममा राष्ट्रिय संकट घोषणा गर्ने अनुमान गरिएको छ । ट्रम्पले मंगलबार राति ९ बजे राष्ट्रको नाममा सम्बोधन गर्ने कार्यक्रम छ ।

सीमा पर्खालको विवाद राजनीतिक मुद्दा भएकोले यो विषयमा संकटकाल लगाउन उपयुक्त नहुने विज्ञहरुले बताएका छन् । “संकटकाल लगाउन सजिलो छ तर यो राजनीतिक विवादको समाधान होईन,” बैननान सेन्टर फर जस्टिसकी सहनिर्देशक एलिजाबेथ गोन्टेनले भनिन । “सीमा सुरक्षा संकट होईन,” उनले थपिन ।

मेक्सिको सीमा पर्खाल लगाउन आवश्यक ५.७ अर्ब डलर बजेट काँग्रेसले नदिएपछि हाल गर्भमेन्ट सटडाउन छ । राष्ट्रपति ट्रम्प संकटकाल लगाएर चाडोभन्दा चाडो सीमामा पर्खाल बनाउने तयारीमा छन् ।

संकटकालमा राष्ट्रपतिलाई अन्य क्षेत्रको बजेट सेना र सुरक्षामा प्रयोग गर्ने अधिकार प्राप्त हुन्छ । राष्ट्रपतिले यहि सुविधा उपयोग गर्ने सम्भावना दखिन्छ । यस्तै अन्य विशेषाधिकार पनि राष्ट्रपतिलाई प्राप्त हुन्छ ।

काँग्रेसले राष्ट्रपतिको संकटकाल बहुमतले अस्वीकार गर्न सक्छ । तर, सिनेटमा रिपव्लिकनको बुहमत भएकोले भोटको सम्भावना अत्यन्त कम छ । गोन्टेनका अनुसार, राजनीतिक विवादमा संकटकाल लगाउनु शक्तिको दुरुपयोग हुनेछ । तसर्थ यसलाई अदालतमा चुनौति दिने सम्भावना निकै छ ।

स्रोतः एनपिआर, सिएनएन आदि

प्रतिक्रिया