शनिबार, भदौ ४ २०७९
काठमाडौं ००:०५
वासिङटन डिसी 14:20

क्यालिफोर्नियाको आगलागीमा २३ जनाको मृत्यु

इनेप्लिज २०७५ कार्तिक २५ गते १४:०२ मा प्रकाशित

अमेरिका बाहिर बस्ने या अमेरिकामा बसोबास गर्नेले झट्ट हेर्दा अमेरिका जस्तो देशमा यो कसरी भयो र कसरी हुन्छ भन्ने प्रश्न स्वाभाविक रुपमा हामी केहीमा उब्जन सक्छ । प्राकृतिक विपत्ति अर्थात दैवी प्रकोप लाई ईश्वरले पनि रोक्न सक्दैनन् । अमेरिकाको ईतिहास मै सर्वाधिक नष्टकारी आगलागीको चपेटामा उत्तरी क्यालिफोर्निया परेको छ ।

गत बिहिबारबाट सुरुवात भएको उत्तरी क्यालिफोर्नियामा भिषण आगलागीबाट मर्नेको संख्या २३ पुगेको छ । अहिले सम्म ६ हजार ७ सय निर्माणहरु नष्ट भएका छन् । अझ पनि १ सय १० जना मानिसहरु हराई रहेका छन् ।

र उच्च हावाको कारण आगोको मुस्लो व्यापक भएकोले हाल सम्म ७० हजार एकड जमिन जलेर खरानीको राख भएको छ । दक्षिणी क्यालिफोर्नियाका ठूला भवन तथा अन्य भवनहरु जलेका छन् । आगलागीको दुई दिन भित्र झन्डै २ लाख ५० हजारलाई दक्षिणी क्यालिफोर्नियामा घर छोड्न आदेश दिइएको छ ।

अधिकारीहरुले उत्तरी क्यालिफोर्नियाको दक्षिणपूर्वमा रहेका साना समुदायलाई डरलाग्दो आगो बाट बच्न घर खाली गर्न आग्रह गरेका छन् । साथै बेरि क्रिक ,बुस क्रिक ,माउन्टेन हाउस तथा ब्लुमर हिल का समुदायलाई गत शनिबार सूचना जारी गर्दै घर छोड्न भनिएको छ ।

आगलागीको प्रारम्भ संगै ५ सय जना भन्दा ज्यादाले आफन्तहरुका बारेमा खोजतलास गरेका र केहीले आफ्ना मानिस फेला पारेकाको समाचार सिबिएस न्युजमा छ । उत्तरी क्यालिफोर्नियाको ब्युट काउन्टीमा ४० हजार मानिसहरु घर छोड्न बाध्य भएका छन् । प्रत्येक मिनेट झन्डै ८० वटा अमेरिकन फुटबल (भकुण्डो) मैदान बराबरको अनियन्त्रित रुपमा फैलिएको प्रत्यक्षदर्शीले जनाएका छन् ।

उक्त स्थान आवासीय घर ,अस्पताल र बिद्यालय समेत तुरुन्तै खालि गराईएको छ । हजारौ मानिस घर छोडेर अन्यत्र लाग्ने क्रम जारी छ ।

तस्बिर स्रोत : वुडगाइड डटकम

प्रतिक्रिया