शनिबार, मंसिर १ २०७५
काठमाडौं १०:१४
वासिङटन डिसी 23:29

ताजा समाचार : निर्वाचन लगतै राष्ट्रपति ट्रम्पद्वारा महा न्यायाधिवक्ता जेफ सेसनलाई बर्खास्त

इनेप्लिज २०७५ कार्तिक २१ गते २०:४५ मा प्रकाशित

अमेरिकाका महा न्यायाधिवक्ता जेफ सेसनलाई राष्ट्रपति डोनाल्ड ट्रम्प द्वारा बर्खास्त गरिएको समाचार छ । सेसनले राष्ट्रपतिलाई सम्बोधन गर्दै तपाईको अनुरोध अनुसार म आफ्नो राजिनामा पेस गर्दै छु भनि पत्र लेखेका छन् । उक्त पत्र उनले व्हाइट हाउस का प्रमुख कर्मचारी जोन केलीलाई लेखेका छन् ।

राष्ट्रपति ट्रंपका अनुसार कार्यवाहक महा न्यायाधिवक्ता म्याथु व्हिटेकरले लिने बताएका छन् । म्याथुले रुसको अनुसन्धान लिने छन् भने बिशेष परिषद रोबर्ट मुलर सम्बन्धि जिम्मेबार सहायक महान्यायाधिवक्ता रड रोजेनटिनले लिने छन् ।

ट्रंपले सामाजिक संजाल ट्वीटर मार्फत म्याथु जी व्हाटेकर महा न्यायाधिवक्ताका प्रमुख हुने छन् भनि खुशी लागेको बताएका छन् । साथै उनि अमेरिकाका कार्यबाहक महा न्यायाधिवक्ता रहने लेखेका छन् । उनले सेसनले कार्यकालमा सेवा गरेकोमा धन्यवाद समेत दिएका छन् ।

सीएनएन का अनुसार बुधबार बिहान सेसनलाई केली द्वारा राजिनामा को अनुरोध आएको लेखेको छ । ट्रंपले यस बिषयमा पत्रकार सम्मेलनमा सिधा उत्तर दिएनन् भनि समाचार लेखेको छ ।

प्रतिक्रिया