आइएसद्वारा रसियामा भएको चक्कु आक्रमणको दावी

इनेप्लिज २०७४ भदौ ४ गते ८:२८ मा प्रकाशित

बेरुत (लेवनान), ४ भदौ । रसियामा शनिबार आठ जना घाइते हुनेगरी गरिएको छुरा प्रहारको इश्लामिक स्टेट (आइएस) समूहले जिम्मा लिएको छ । आइएस समूहको प्रोपोगाण्डा (प्रचार) गर्ने निकायले एक विज्ञप्ति जारी गरी घटनाको जिम्मेवारी लिएको हो ।

आइएसको अमाक न्यूज एजेन्सीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, रसियाको सुरगुत शहरमा आइएस लडाकूले आक्रमण गरेको जनाउदै आक्रमणका क्रममा मृत्यु हुने लडाकू आफ्नो सेना भएको दावी गरेको छ ।

शनिबार एक व्यक्तिले आफनो छेउबाट हिँडिरहेका आठ जना व्यक्तिलाई छुरी प्रहार गरेको थियो । आक्रमणकारीको प्रहरीको कारबाहीको क्रममा गोली लागि मृत्यु भएको थियो ।

उक्त समूहले स्पेनमा बिहीबार भएको १४ जनाको ज्यान लिने गरी गरेको आक्रमणको पनि यस अघि जिम्मा लिइसकेको छ । –एएफपी 

प्रतिक्रिया