सोमबार, मंसिर १५ २०७७
काठमाडौं १३:२३
वासिङटन डिसी 02:38

नेपाल यु १९ साफ फुटबलको फाइनलमा

इनेप्लिज २०७२ भदौ १० गते १३:०३ मा प्रकाशित

Rss_Images_1440674840167_Pro_Ktm_ Saaf Football Nepal VS Agf (2)काठमाडौँ, १० भदौ । अफगानिस्तानलाई ३–२ गोल अन्तरले पराजित गर्दै नेपाल उन्नाइस वर्षमुनि (यु–१९) को पहिलो साफ पुरुष फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको सेमिफाइनल खेलमा नेपाललाई जित दिलाउन अञ्जन विष्टले दुई गोल गरे । अञ्जनले ३४ र ३९आँै मिनेटमा गोल गर्दै नेपाललाई मध्यान्तरअघि नै २–० को अग्रता दिलाएका थिए । तर, मध्यान्तरपछिको लगत्तै ५०आँै मिनेटमा नेपालका अनन्त तामाङबाट आत्मघाती गोल भएपछि अफगानिस्तानले खेलमा फर्कने सङ्केत देखायो ।

सुनिल बलले ५२औँ मिनेटमा गोल थपेपछि नेपालले ३–१ ले अग्रता लियो । पुनः दुई गोलले पछि परेपछि पनि खेलमा फर्कने प्रयास गरेको अफगानिस्तानका लागि मेहबिरेजायीले ७२औँ मिनेटमा गोल गरे पनि जितका लागि पर्याप्त भएन । नेपालले अधिकांश समय खेल नियन्त्रणमा लिएको थियो ।

खेलपछि पत्रकार सम्मेलनमा युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले उपाधि जितेमा प्रत्येक खेलाडीलाई जनही रु एक लाखको दरले नगद पुरस्कार दिने घोषणा गर्नुभयो । उहाँले भन्नुभयो – “तपाईंहरुको योगदानको कदर गर्न सरकार तयार छ ।”

नेपाली प्रशिक्षक बालगोपाल महर्जनले आफ्ना खेलाडीले राम्रो खेलेको प्रतिक्रिया दिँदै भन्नुभयो – “अबको हाम्रो लक्ष्य उपाधि जित्ने नै हो । अफगानी प्रशिक्षक साहेव राजवले नेपाल बलियो टोली भएकाले जितेको प्रतिक्रिया दिनुभयो ।

प्रतियोगिताको दोस्रो सेमिफाइनलअन्तर्गत अहिले भारत र बङ्गलादेशबीच प्रतिस्पर्धा हुँदैछ । यो खेलको विजेतासँग नेपालले शनिबार फाइनल खेल्नेछ ।

प्रतिक्रिया