टेक्ससमा “नेपालमा गएको भूकम्प र त्यस पछि अमेरिकी कानून मा नेपालीका लागि प्रदान गरिएको कानूनी सुबिधा” बिषयमा अन्तरक्रिया

इनेप्लिज २०७२ जेठ ३ गते १:५४ मा प्रकाशित

Captureनेपाली समाज टेक्सास (NST) को आयोजनामा अमेरिकामा रहने सबै नेपालीहरुको जिज्ञासा को बिषय “नेपालमा गएको भूकम्प र त्यस पछि अमेरिकी कानून मा नेपालीका लागि प्रदान गरिएको कानूनी सुबिधा” बिषय मा बिशेष जानकारी राख्ने अनुभवी Attorney at Law – पूजा रेग्मी ज्यू द्वारा जानकारी गराउने उदेश्यले भोलि मे १७ आइतबार दिउसो ४ बजे नेपाली समाज टेक्सास कै हलमा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्न लागिएको जानकारी नेपाली समाजका महासचिब विजयराज भट्टराई ले प्रेषित गर्नु भएको सार्बजनिक सूचना मा जनाइएको छ।

Temporary Protected Status (TPS) अमेरिकी राष्ट्रपति ले जारी गरि अमेरिकामा बसिरहेका तर देशमा घटेको प्राकृतिक प्रकोप भूकम्प जस्ता कारणले गर्दा फर्केर जान असुरक्षित व्यक्तिहरूलाई दिइने अस्थायी सृविधा हो। यो सुविधा न दिदा त्यस्ता देशले फर्किएर जाने व्यक्तिलाई सुरक्षाको प्रत्याभुती दिन नसक्ने अवस्था देखिए पछि त्यस्ता देशलाई असुरक्षित देशको सूचीमा राखी यो TPS को सुविधा दिइन्छ। नेपालमा गत अप्रिल २५ मा विनाशकारी भूकम्प गए पछि अमेरिकी अद्यागमन कानुनको दफा २४४ ले नेपाल जन्म देश भइ अमेरिकामा बसोबास गरिरहेका नेपालीहरु लाई यो अस्थायी अधिकार प्रदान गरेको छ। यो सुबिधा प्राप्त गर्न आबश्यक प्रक्रिया को जानकारी हामी लाई चाहिएको छ।

त्यसै गरि अमेरिकन नागरिक भै सकेको नेपाली को भूकम्प पिडित Sibling (दाजुभाइ तथा दिदी बहिनीहरु) लाई पनि US Visa दिने / नदिने भन्ने समाचारहरु पनि बाहिर आएका छन्। यो प्राकृतिक विपदमा नेपालमा रहेका आफन्तहरु लाई अमेरिका बोलाउन का निमित्त हुन सक्ने कानूनी बाटो को बारेमा समेत छलफल गरिने आयोजकहरुले बताउनु भयो।

प्रतिक्रिया