बिहीबार, मंसिर १८ २०७७
काठमाडौं १३:०२
वासिङटन डिसी 02:17

पूर्वी अफगानिस्तानमा चार सर्वसाधारणको मृत्यु

इनेप्लिज २०७२ वैशाख १ गते ८:५५ मा प्रकाशित

bomb-in-pak1मैदान सार (अफगानिस्तान), १ वैशाख । अफगानिस्तानको पूर्वी प्रान्त वार्दाकमा गएराति भएको एक विस्फोटनमा परी चार सर्वसाधारणको मृत्यु भएको समाचार छ । प्रान्तीय सरकारले मङ्गलबार सो जानकारी दिएको छ ।

वार्दाक प्रान्तको मर्काजी बेह्सुउद जिल्ला गएराति योजना गरिएको बारुदी सुरुङ्ग विस्फोटमा परी दुई बालबालिकासहित तीन व्यक्तिको मृत्यु भएको बताइएको छ ।

सोही समयमा निर्ख जिल्लामा एक सर्वसाधारणको आफ्नै बन्दुक अकस्मात चल्दा मृत्यु भएको प्रान्तीय सरकारद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

सोमबार सयेद अबाद जिल्लामा तालिवानीले गरेको गोली प्रहारमा परी एक स्थानीय बासिन्दा इजातुल्लाह खान घाइते भएको जनाइएको छ ।

संयुक्त राष्ट्र सङ्घीयकाअनुसार सन् २०१४ मा अफगानिस्तानमा तालिवानी आतङ्ककारी समूहले जारी राखेको द्वन्द्वमा परी तीन हजार ७०० व्यक्तिको मृत्यु भएको थियो । त्यसैगरी सो द्वन्द्वको कारण ६ हजार ८०० व्यक्ति घाइते भएका थिए ।

सरकारी अधिकारीहरुले तालिवानी आतङ्ककारी समूहले गरेको आक्रमणमा परी अफगानिस्तानहमा भारी सङ्ख्यामा नागरिक हताहत भएको दाबी गरेका छन् ।

प्रतिक्रिया