टेक्ससमा हनुमान जयन्ती
अमेरिका टेक्सास राज्यको डालस शहरमा रहेको हरिहर शक्ति मन्दिरमा अप्रैल ४ तारिखका दिन हनुमान जयन्ती भव्य रुपमा सम्पन्न भएको छ। हनुमान भक्तहरुका र रामभक्तहरुका लागि पनि यो दिनको महिमा अपार छ।
मन्दिरमा विहानैदेखि हनुमानजीको दर्शन र पूजाका लागि भक्तजन हरुको आवागमनले विशेष रौनक़ छाएको थियो। विहान ११ बजे हनुमानजीको विशेष पूजा र आरती पश्चात सामूहिक रुपमा हनुमान चालीसा १०८ पटक पाठ गरिएको थियो। भक्तहरुले मन्दिरमा बसेर मन्त्रजप, स्तोत्रपाठ र सुन्दरकाण्ड पाठ गरेर हनुमानजीको उपासना गरे।
बेलुका ८ बजे सायं क़ालीन पूजा आराधना गरेर भजन कीर्तन र नृत्यद्वारा हनुमानजीको जन्मोत्सव मनाइयो। पण्डित तुलसी राम शर्माद्वारा हनुमानजीको जन्मकथा,अनुपम रामभक्ति,ब्रह्मचर्यपालन,स्वामिभक्ति,अजेय वीरताको विषयमा प्रवचन गरिएको थियो।समाजसेवी श्री हरि थापाज्यूद्वारा हनुमानजीको जन्म सम्बन्धी भजनबाट बेलुकाको कार्यक्रम प्रारम्भ गरिएको थियो। साना साना बाल बलिकाहरु पनि हनुमान जीको ध्यान गर्दै संकीर्तन गरेको दृश्य अति मनोहर थियो। रातको १०:३० बजे आरती गरेर २०१५ को हनुमान जयन्ती समापन गरियो l
न्युयोर्क सिटी काउंसिल डीस्ट्रिक्ट २५, ई चेन को सघाउन नेपाली समुदायको तर्फबाट दिपेन्द्र लामा
अमेरिका-मेक्सिको सीमामा ३ हजार २ सय आप्रवासी बालबालिका हिरासतमा अड्किए
मिजोरीको सेन्ट लुइसमा भएको गोलीकाण्डमा ९ बर्षिय बालकको मृत्यु
पूर्ण खोप लगाएका व्यक्तिहरू मुखावरण बिना र सामाजिक दूरी बिना नै भेटघाट गर्न सकिने : सिडिसी
न्युयोर्कको माछा बजारमा किशोरी मृत अवस्थामा प्लास्टिकको पोकामा बेरिएको फेला
प्रतिक्रिया