बुधबार, कार्तिक ५ २०७७
काठमाडौं ०९:५६
वासिङटन डिसी 00:11

प्रतिवेदनलाई सिधै मतदानमा लैजानुपर्ने

इनेप्लिज २०७१ पुष ३० गते १५:०३ मा प्रकाशित

काठमाडौँ, ३० पुस । नेकपा (एमाले) को आज बसेको स्थायी कमिटी बैठकमा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले बुझाएको प्रतिवेदनलाई सिधै मतदानमा लगेर भए पनि निर्धारित मितिमै संविधानको मस्यौदा जारी गर्नुपर्नेमा जोड दिइएको छ ।

समितिले बुझाएको प्रतिवेदनलाई प्रश्नावलीमा वा जनतामा लगेर छलफल गर्दा समय बढी लाग्ने भएकाले सिधै मतदानमा गएर द्रूत मार्गबाट भए पनि माघ ८ मा संविधानको मस्यौदा जारी गर्नुपर्ने बैठकमा सुझाव आएको पार्टीका सचिव प्रदीपकुमार ज्ञवालीले बताउनुभयो ।

बैठकमा समयमै संविधान जारी गर्नमा एकीकृत नेकपा (माओवादी) ले अवरोध सिर्जना गरेको र संविधान जारी गरेमा अप्रिय हुनेजस्ता धम्की दिनु राष्ट्रघाती विचार भएको र जनताको जनमतको सम्मानका लागि प्रक्रिया अघि बढाएर भए पनि जतिसक्दो छिटो संविधान जारी गर्नुपर्ने स्थायी कमिटी सदस्यहरुको धारणा रहेको थियो ।

प्रतिक्रिया