डा सिके राउत फेरि पक्राउ
महोत्तरी, १३ पुस । डा सिके राउतलाई प्रहरीले आइतबार महोत्तरीबाट फेरी पक्राउ गरेको छ र ,देश टुक्र्याउने अभिव्यक्ति दिएर एकाएक चर्चामा आएका थिए l
महोत्तरी सदरमुकाम जलेश्वरमा आयोजना गरिएको सभालाई सम्बोधन गर्न जाने क्रममा उनी पक्राउ परेका हुन् । राउतलाई प्रहरीले पक्राउ गरेपछि त्यहाँ केही बेर उनका समर्थकले हंगामा गरेका थिए ।
उनका समर्थकले राउतको रिहाईको माग गर्दै चर्को नाराबाजीसहित प्रहरीको गाडीमा ढुंगामुढा समेत गरेका थिए । प्रहरीको लाठिचार्जपछि भिड नियन्त्रण भएको थियो । अहिले पनि राउतका समर्थकले जलेश्वरमा हंगामा गरिरहेका छन् ।
पछिल्लो समय गृह मन्त्रालयले उनीमाथिको निगरानी बढाउँदै आएको छ । उनलाई सामाजिक सदभाव बिग्रने गतिविधिमा संलग्न भएको भन्दै गत भदौमा पनि मोरङ प्रहरीले पक्राउ गरेको हो ।
सप्तरीमा जन्मेका सिके राउतको पूरा नाम चन्द्रकान्त राउत हो । उनले अमेरिकाको क्याम्ब्रिज विश्वविद्यालयबाट पिएचडी गरेका छन् । स्वतन्त्र मधेसको वकालत गर्दै उनले मधेसको स्वराज र मधेसमा इतिहास नामक किताब निकालिसकेका छन् ।
उनी कम्प्युटर इन्जिनियर पनि हुन् ।
उनले तराईका भूमिगत सशस्त्र समूहहरूसँग समेत मिलेर गतिविधि गर्दै आएका थिए । उनले राज्यसँग छुट्टिन पाउने अधिकार राख्दै गतिविधि तिव्र पारेपछि उनी राज्यको आखाँमा परेका हुन् ।
ट्रम्पका वकिल जुलियानी बिरुद्ध १.३ अर्ब डलरको क्षतिपूर्ति स्वरुप मुद्दा दायर
बाइडेनले अमेरिकी उत्पादनलाई सुदृढ पार्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने
फिप्नाको स्थानीय विभागको आयोजनामा अन्तरक्रियात्मक प्रशिक्षण सम्पन्न
कोभिड-१९ बिरुद्ध खोप तथा ताजा जानकारी सम्बन्धि अन्तरक्रिया कार्यक्रम हुने
जर्जियाका एक किशोरले आफू काम गर्ने बिशाल बजार पसलबाट करिव १० लाख डलर चोरी गरेको आरोपमा पक्राउ
प्रतिक्रिया