मेरील्याण्डमा यौन दुर्व्यवहार ,बलात्कार र हत्याका आरोपी डिसी कारागारमा मृत फेला

इनेप्लिज २०७९ मंसिर ४ गते २१:१५ मा प्रकाशित

अमेरिकाको मेरील्याण्ड राज्यमा यौन दुर्व्यवहार ,बलात्कार र हत्यामा संलग्न भएका आरोपी र अभियुक्तले डिसी कारागारको एक कक्षमा आत्महत्या गरेका छन् ।

डब्लुटिओपीले दिएको सूचना अनुसार डीसीको जर्जटाउनमा एक महिलालाई बलात्कार र हत्या गरेको ,डिसी क्षेत्र र मोन्टगोमेरी काउन्टी, मेरील्याण्डमा दुई दशक भन्दा बढी पहिले यौन दुर्व्यवहार गरेको आरोप लागेका गिल्स वारिक गत शनिबार बिहान झ्यालखानाको कक्षमा मृत फेला परेका थिए।

एफबीआईले “पोटोम्याक रिभर रेपिस्ट” अर्थात् पोटोम्याक नदीका बलात्कारीको संज्ञा पाएका ६२ वर्षीय वारिक शनिबार बिहान ८:३० बजे डिसीस्थित कारागारमा रहेको आफ्नो कक्षमा मृत फेला परेको जनाएका छन् ।

अभियोजकहरूले पीडितहरूलाई वारिकको मृत्युको बारेमा सूचित गर्न पहिले नै पुगिसकेका छन्। स्व वारिकलाई यस महिनाको अन्त्यसम्ममा सुनुवाइ हुने तय गरिएको थियो र यस सोमबारको लागि अदालतको सुनुवाइ तय गरिएको थियो।

वारिकले लामो कानूनी प्रक्रियाहरूमा निर्दोषता कायम राखेका थिए । उनलाई २०१९ मा पक्राउ गरिएको थियो र यो सुनुवाई नभएसम्म सबै प्रक्रियाहरू पार गरेका थिए । पार गर्न लगभग तीन वर्ष लागेको थियो ।

प्रतिक्रिया