‘वल्र्ड जुनियर टुरिजम एम्बेसडर’मा नेपालको प्रतिनिधित्व गर्न मलेसिया उडे निर्भय र अदृत

इनेप्लिज २०८२ असार ९ गते ९:४३ मा प्रकाशित

काठमाडौँ । मलेसियामा आयोजना हुने ‘वल्र्ड जुनियर टुरिजम एम्बेसडर २०२५’ मा नेपालको प्रतिनिधित्व दुई बालक निर्भय श्रेष्ठ मूल र अदृत कुँवरले गर्ने भएका छन् ।क्वालालम्पुरमा जुन २३ देखि २७ सम्म आयोजना हुने कार्यक्रमका लागि श्रेष्ठ र कुँवर आइतबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेसियातर्फ प्रस्थान गरेका छन् ।

‘वल्र्ड जुनियर टुरिजम एम्बेसडर’ विश्वका विभिन्न देशका बालबालिका सहभागी हुने अन्तर्राष्ट्रिय प्रतियोगिता हो । दुवैले प्रतियोगितामा नेपाली कला–संस्कृतिको प्रचारप्रसार गर्दै नेपालको पर्यटन प्रवद्र्धन गर्नेछन् । प्रतियोगितामा विशेषतः कुँवरले नेपाली ‘लाखे’ र श्रेष्ठले नेपाली मौलिक बाजा ‘मादल’को प्रचार गर्नेछन् । दुवैले प्रतियोगिताका लागि नेपालका सम्पदा, कला–संस्कृति र एडभेन्चर पर्यटनको प्रवद्र्धन गर्ने भिडियो सामग्रीसमेत तयार पारेका छन्, जसले अन्तर्राष्ट्रिय प्रतियोगीहरूलाई नेपालप्रति आकर्षित गर्ने विश्वास लिइएको छ ।

प्रतियोगितामा बालबालिकासँगै अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजु पनि सहभागी हुँदैछन् । दुवै बालक रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले आयोजना गरेको ‘मिलेनियम किड्स इन्टरनेसनल २०२५’ का विजेता हुन् । प्रतियोगितामा सहभागी कुँवर र श्रेष्ठको फेसन कन्सेप्ट डिजाइनर श्रीषा बैदारले तयार गरेकी हुन् ।

प्रतिक्रिया