कोलोराडो, अमेरीका
मातृभुमी नेपालको पोखरामा आयोजित पहिलो माया गण्डकी प्रदेश स्तरीय खुला तेक्वान्दो च्याम्पियनशिप प्रतियोगीता भव्य रूपमा सम्पन्न भएको छ।
तेक्वान्दोको अन्तराष्ट्रिय रेफ्री रेखमाया गुरुङको आयोजना तथा पुर्व राजसभा सदस्य ९९ सय बर्षिय अमरबहादुर गुरुङको मुख्य प्रायोजनमा दुई दिनसम्म चलेको प्रतियोगितामा ७ सय ७४ जना खेलाडीहरूले आफ्नो उत्कृष्ट कौशल प्रदर्शन गरेका थिए ।
प्रतियोगितामा आयोजक संस्था अब्सुल्युट डोजाङले १९ स्वर्ण पदक जित्दै टिम च्याम्पियन भएको छ । प्रतियोगितामा शहिद मेमोरियल मावि ९ स्वर्णका साथ दोस्रो स्थान हात पारेको छ भने पोखरा तेक्वान्दो डोजाङ ५ स्वर्ण पदकका साथ तेस्रो भएको आयोजक तथा प्रशिक्षक रेख माया गुरूङले जानकारी दिइन् ।
रेख माया गुरुङ तथा उनकी टोलीको अथक मेहनतले प्रतियोगिता सफल रूपमा सम्पन्न गराउन महत्वपूर्ण भूमिका खेलेको थियो । कार्यक्रममा गण्डकी प्रदेश खेलकुद परिषद्, कास्की जिल्ला खेलकुद विकास समिति, नेपाल तथा कोरियाका तेक्वान्दो समितिका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
यस च्याम्पियनशिपलाई मुख्य प्रायोजक अमरबहादुर गुरुङको परिवारको उपस्थितिले थप गरिमामय बनाएको थियो । अमरबहादुर गुरुङ कोलोराडो निवासी समाजसेवी रमेश गुरूङका बुबा हुन् । ९९ बर्षिय बुबामा खेलकुद प्रतिको मोहका कारण प्रतियोगितमा मुख्य प्रायोजक बन्नु भएको रमेश गुरूङले बताएका छन् ।
गण्डकीमा पहिलो पटक तेक्वान्दो डोजाङले यति ठूलो प्रतियोगिता आयोजना गरेको हो । पोखरामा ४० तेक्वान्दो डोजाङ रहेका छन् । प्रतियेगीताको सफल समापनसँगै गण्डकी प्रदेशमा तेक्वान्दो खेललाइ अझ सशक्त बनाउने लक्ष्य राखिएको छ ।
प्रतिक्रिया