आइतबार, माघ ९ २०७८
काठमाडौं १४:४६
वासिङटन डिसी 04:01

अमेरिकी प्रतिनिधि सभाद्वारा नयाँ ऋण सीमा योजना पारित

इनेप्लिज २०७८ मंसिर २२ गते ११:५५ मा प्रकाशित

अमेरिकी प्रतिनिधि सभाले नयाँ ऋण सीमा योजना पारित गरेको छ । तल्लो सदनले ऋण सीमा प्रक्रिया स्थापित गर्ने नयाँ कानून पारित गर्न मतदान गरेर मंगलबार योजना कार्यान्वयन गर्न पहिलो कदम चालेको छ।

मतदान हुँदा २२२-२१२ परेको थियो। इलिनोइसका रिपब्लिकनका प्रतिनिधि एडम किन्जिङ्गर बिधेयकको लागि मतदानमा डेमोक्र्याटमा सहभागी हुने एक मात्र रिपब्लिकन थिए।

अब यो पारित भएको बिधेयक सिनेटले पारित गर्नु पर्ने छन् ।

नयाँ कानूनको लागि ६० मत पाएमा अगाडी बढ्ने छ । सिनेटमा रहेका डेमोक्र्याटहरूलाई द्रुतमार्गमा अगाडी बढाउन ५१ मतको साथ ऋण सीमा बढाउन आवस्यक पर्नेछ । विधानले कांग्रेसले नयाँ राष्ट्रिय ऋण सीमाको सही डलर रकम निर्दिष्ट गर्नु पर्नेछ भनि सिएनएनले समाचारमा उल्लेख गरेको छ ।

अर्थ बिभागकी सचिव जेनेट येलेनले डिसेम्बर १५ मा ऋण सीमामा पुग्न सक्ने चेतावनी दिएकी छन् । अन्यथा अमेरिकाले वित्तीय विपत्ति भोग्नेछ ,उनले भनिन ।

५०-५० सिनेटमा फिलिबस्टर (गतिरोधकारी) तोड्न ६० मतहरू आवश्यक भएकोले, कुनै पनि नयाँ कानूनलाई अगाडि बढाउन १० वटा रिपब्लिकनहरुका मतहरू आवश्यक पर्दछ।

प्रतिक्रिया