मंगलबार, कार्तिक ९ २०७८
काठमाडौं ०६:०१
वासिङटन डिसी 20:16

मायामीको भोजकक्ष अगाडी गोली चलाई ३ जनाको हत्या र २० जना घाइते बनाउने संदिग्ध पक्राउ

इनेप्लिज २०७८ असोज ९ गते १:४७ मा प्रकाशित

अमेरिकाको फ्लोरिडा राज्यको मायामी शहर स्थित भोजभतेर कक्ष अगाडी गोली चलाई ३ जनाको हत्या गर्ने फरार रहेका संदिग्ध पक्राउ परेका छन् ।

उक्त घटनामा २० जना अन्य घाइते भएका थिए । गत मे महिनामा घटेको घटना पछि संदिग्धलाई गत बिहिबार सेप्टेम्बर २३ का दिन पक्राउ गरिएको प्रहरीले जनाएका छन् ।

मायामी गार्डनस्का २२ बर्षिय डेभोन्टो बार्न्स लाई ३ गणनाको हत्या र २० जनालाई हत्या गर्ने प्रयास गरेको आरोप लगाईएको छ । उनलाई मायामी डेड काउन्टी कारागारमा राखिएको छ ।

उनले गत मे ३० का दिन मायामी गार्डन्सका अन्धधुन्ध गोली भिडमा चलाएका थिए । मानिसहरु एल मुला ब्याङ्गक्वेट हल (भोज कक्ष) मा भेला भएका थिए । अहिले सम्म अन्य कसैलाई पनि गिरफ्तार गरिएको छैन ।

उक्त गोलिबारीमा २६ बर्षिय द्वय डेसमण्ड ओवेन्स र क्लेटन डिलार्ड तथा ३२ बर्षिय श्यांकक्विया लेचेल पिटरसन्को ज्यान गएको थियो ।

उक्त घटनामा चोरीको गाडीमा आएका कम्तिमा ३ जना मानिसले मुखावरण लगाएर गोली चलाएको प्रहरीले बताए ।

प्रहरीका अनुसार २ समूह बीच झगडा भएको थियो भनि एबिसीन्युजले समाचार लेखेको छ ।

प्रतिक्रिया