अमेरिका नेपाल सहयोगी समाज(एएनएचएस )को तीज कार्यक्रम-२०२१ भर्चुअल (जुम) माध्यमबाट हुने
अमेरिकाको भर्जिनिया राज्यको मनाससमा स्थापित क्रियाशील नेपालीहरुको प्रतिष्ठित संस्था अमेरिका नेपाल सहयोगि समाज(एएनएचएस )ले बार्षिक रुपमा आयोजना गर्ने बृहत तीजको कार्यक्रम यस बर्ष पनि भर्चुअल (जुम) मार्फत गर्ने भएको छ ।
विश्वव्यापी कोभिड–१९ को कारण गत बर्ष पनि संस्थाले जुम मार्फत नै वृहत् तीज कार्यक्रम सम्पन्न गरेको थियो । अमेरिकामा बसोबास गर्ने नेपालीहरुप्रति समर्पित यस संस्थाले त्यस अघि दुई हजार भन्दा बढी समुदायहरूको प्रत्यक्ष सहभागितामा कार्यक्रम आयोजना गर्दै आएको थियो ।
तीजको कार्यक्रमको बारेमा जानकारी दिदै संस्थाका अध्यक्ष कमल भट्टराईले भने : “सयौं नेपाली मनहरु जोडिएर बनेको यो संस्था अमेरिकामा बस्ने सबै नेपालीहरुलाई आईपर्ने हरेक खाले समस्या समाधानको लागि सधै क्रियाशील रहने भएकोले महामारीको रुपमा रहेको कोभिड–१९ को संक्रमणबाट सहभागिहरुलाई सुरक्षित राख्नु संस्थाको दायित्व भएकोले जुम मार्फत आयोजना गरेका हौं । भविष्यमा आई पर्न सक्ने स्वास्थ्य सम्बन्धी समस्याको बारेमा सोचेर नैं यो निर्णयमा पुगेका छौं ।”उनले थपे ।
तीज कार्यक्रम सम्पन्न गर्नको लागि संस्थाको हालै सम्पन्न नियमित मासिक बैठकले कामना पन्थी, तनुजा पोख्रेल अधिकारी र जानु ओझा सम्मिलित तयारी समिति समेत निर्माण गरेको छ ।
साथै जुम प्रविधी लगायतका प्राविधिक सहयोगको लागि संस्थाका सल्लाहकार शिव तिम्सिना र तिलक खरेलले गर्ने भएका छन् । तयारी समितिले तीजलाई भव्य, सभ्य एवं मर्यादित बनाउनको लागि सबैसँग आग्रह गरेको छ ।
समितिले नेपाली दिदीबहिनी तीजसम्बन्धि आ–आफ्ना प्रस्तुतिहरुको लागि तयारी गर्न आव्हान समेत गरिसकेको छ । एकल तथा सामूहिक रुपमा तीजसँग सम्बन्धित गीत तथा नृत्यहरु प्रस्तुत गरिने पनि समितिले जनाएको छ ।
आगामी सेप्टेम्बर ४, शनिबारका दिन आयोजना गर्ने कार्यक्रम अपरान्ह ४ बजेदेखि साँझ ८ बजेसम्म हुनेछ । कार्यक्रममा सहभागिताको लागि जुम लिंक पछि प्रकाशन गरिने पनि जनाइएको छ । तीज कार्यक्रम तयारी समितिले सानो सूचना प्रकाशित गरि कार्यक्रम सफल बनाउनको लागि सबैको सहयोगको लागि आव्हान पनि गरेको छ ।
विभिन्न सामाजिक कार्यक्रमका साथै सबै खाले नेपाली चाडपर्वसँग सम्बन्धि विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको अमेरिका नेपाल सहयोगी समाजले नेपाली भाषा, कला र संस्कृतिलाई संरक्षण, सम्बर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले अमेरिकामा जन्मिएका नेपाली मूलका बालबालिकाहरूको लागि नेपाली पाठशाला (अमेरिका नेपाल शिक्षा सदन) पनि सञ्चालन गर्दै आएको छ ।
त्यसैगरि अमेरिका नेपाल सहयोगी समाजले गर्दै आएको अर्को सामाजिक कार्य सरसरफाईको दोश्रो श्रृंखला यहि अगष्ट २२, २०२१ आइतबार जनैपूर्णिमाको दिन बिहान ८ बजेदेखि १० बजेसम्म गर्ने जनाएको छ ।
मनासस शहरको बल्सफर्ड रोड स्थित सडली रोडदेखि इसिपिआई कलेज सम्मको परिसरमा दुई बर्षसम्म सरसफाई गर्नको लागि अनुमति प्राप्त गरेको छ । सरसफाईको लागि अगष्ट २२ जनैपूर्णिमाको दिन बिहान ८ बजे नेपाली सामुदायिक संस्था नाकको कार्यालय परिसरमा उपस्थित हुन पनि सबैलाई संस्थाले अनुरोध गरेको छ ।
बाल्टिमोरमा नेपाली पार्कोर खेलाडी दिनेश सुनारको १२ औं विश्व रेकर्डको प्रयत्न सफल
अमेरिकाको संसद नजिक घेरामा ठोक्किएपछि स्वयमलाई गोली हानी आत्महत्या गर्ने व्यक्तिको पहिचान
अमेरिकाको संसद भवन नजिकैको घेरामा गाडी ठोक्किएपछि एक व्यक्तिले आफै स्वयमलाई गोली हानी आत्महत्या
जेरुसेलममा गोली चल्दा पाँच अमेरिकी सहित ८ जना घाइते,एक गर्भवती महिला समेत घाइते
श्रीकृष्णजन्माष्टमी प्रवचन एवं भजनकीर्तनमा हार्दिक निमन्त्रणा!
प्रतिक्रिया