संघीय सेवामा व्यापक कटौतीको बाटो खुल्यो: राष्ट्रपति ट्रम्पको योजना सर्वोच्च अदालतबाट अनुमोदित

इनेप्लिज २०८२ असार २४ गते २०:४७ मा प्रकाशित

मंगलबार अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तावित संघीय कर्मचारी संख्यामा कटौती गर्ने योजनालाई अनुमोदन दिएको छ ।

न्यायाधीशहरूले तल्लो अदालतहरूद्वारा लागु गरिएको अस्थायी रोकलाई उल्ट्याउँदै ट्रम्प प्रशासनको योजनालाई अघि बढ्न बाटो खोलेका हुन्। कटौतीको नेतृत्व सरकारी दक्षता विभागले गर्दै आएको छ।

न्यायाधिश केतान्जी ब्राउन ज्याक्सन मात्र एक्लो असहमति जनाउने न्यायाधीश थिइन्। उनले भनिन्, “मेरो सहकर्मीहरूले यस राष्ट्रपतिको कानुनी रूपमा विवादास्पद निर्णयहरूलाई आपतकालीन अवस्थामा स्वीकृति दिन उत्साह देखाएका छन्।”

यो आदेशपछि ट्रम्प प्रशासनले संघीय सेवामा व्यापक रूपले कटौती अघि बढाउने सम्भावना बढेको छ।

प्रतिक्रिया