अब यात्रुहरूलाई केही अमेरिकी विमानस्थलहरूमा नियमित यातायात सुरक्षा प्रशासनसुरक्षा जाँचको क्रममा जुत्ता खोल्नुपर्ने आवश्यकता हटाइएको छ।
यो नियम परिवर्तन पुष्टि गर्दै दुई स्रोतले सिविएसन्यूजलाई जानकारी दिएको समाचारमा उल्लेख गरिएको छ ।
ह्वाइट हाउस छापा सचिव क्यारोलिन लिविटले पनि यो परिवर्तनलाई गृह सुरक्षा बिभागको ठूलो खबर” भन्दै मंगलबार बिहान सामाजिक सॅजाल एक्समा प्रकाशन गरेकी छन्।
यो नियम चरणबद्ध रूपमा लागू हुँने र बिभिन्न विमानस्थलहरुबाट सुरुवात गरिनेछ ।
यससँगै लस एन्जलस अन्तर्राष्ट्रिय विमानस्थल र न्यूयोर्कको केही विमानस्थलमा पनि यात्रुहरूलाई जुत्ता खोल्न नपरेको प्रत्यक्ष विवरण दिइएको छ ।
टिएसएले सिविएस समाचारलाई दिएको वक्तव्यमाभनेको छ, “हामी यात्रुहरूको अनुभव सुधार गर्ने र बलियो सुरक्षा सुनिश्चित गर्ने नयाँ तरिकाहरूको सधैं खोजी गरिरहेकै छौं।”
यो परिवर्तन यात्रुहरूको सुविधा र सुरक्षाबीचको सन्तुलन कायम राख्दै अगाडि बढाइएको हो।
प्रतिक्रिया