टेक्सस राज्यमा आएको विनाशकारी बाढीले ज्यान गुमाउनेको संख्या १०८ पुगेको छ।
पछिल्लो अद्यावधिक अनुसार केर काउन्टीका शेरिफ ल्यारी लिथाले ८७ जनाको शव फेला परेको जानकारी दिएका छन् ।
शेरिफ लिथाका अनुसार, फेला परेका शवमध्ये ३० जना बालबालिका रहेका छन्।
मंगलबार बिहान आयोजित पत्रकार सम्मेलनमा उनले भने, “हालसम्म पाँच जना मिस्टिक शिविरका बालशिविरहरु र एक जना शिविर प्रशिक्षक अझै बेपत्ता छन्।”
प्रतिक्रिया