महसुल तिर्ने नयाँ नीतिको घोषणा : राष्ट्रपति ट्रम्प भन्छन्, “१ अगस्त २०२५ बाट कुनै छुट छैन”

इनेप्लिज २०८२ असार २४ गते १५:१८ मा प्रकाशित

राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जालमार्फत विदेशी राष्ट्रहरूले अमेरिका तर्फ निर्यात गर्दा तिर्नुपर्ने महसुल अनिवार्य रूपमा १ अगस्त २०२५ बाट लागु हुने सन्देश जारी गरेका छन्।

ट्रम्पले हिजो विभिन्न देशहरूलाई पठाइएका पत्रहरूपछि आज, भोलि र आगामी केही दिनसम्म अन्य राष्ट्रहरूलाई समेत सोही सन्देश दिइने उल्लेख गरेका छन्। उनले लेखेका छन्, “महसुल तिर्ने मिति  अगस्त २०२५ नै हो। यसमा कुनै परिवर्तन भएको छैन हुने पनि छैन।”

उनको भनाइमा, सो दिनदेखि सम्पूर्ण रकम तुरुन्त तिर्नुपर्ने” छ। साथसाथै कुनै पनि देशलाई समय थप दिइने छैन भन्ने चेतावनी पनि दिएका छन्।

ट्रम्पले सन्देशको अन्त्यमा लेखेका छन्, “यस विषयमा ध्यान दिनुभएकोमा धन्यवाद!

प्रतिक्रिया