मंगलबार, फागुन २५ २०७७
काठमाडौं १२:०८
वासिङटन डिसी 01:23

बाइडेनद्वारा १५ वटा कार्यकारी आदेश जारी,आप्रवासीलाई खुशीको खबर

इनेप्लिज २०७७ माघ ७ गते २२:५९ मा प्रकाशित

अमेरिकी ४६ औ राष्ट्रपति जो बाइडेनले सपथग्रहण लिएको केही घण्टामै आफूले प्रतिबद्धता गरेको कुरा पुर्याएका छन । उनले व्हाइटहाउसको ओभल कार्यालयमा बसी आजै १५ वटा कार्यकारी आदेश जारी गरेका छन ।

उनले ट्रम्पले जारी गरेका र प्रतिबन्ध गरेका कार्यकारी आदेशलाई उल्ट्याइ दिएका छन् । उनका कार्यकारी आदेशहरु कोभिड-१९ ,युएस मेक्सिको पर्खाल,बिश्व स्वास्थ्य संगठन प्रवेश,संघीय कार्यालयमा मुखावरण लगाउने ,अमेरिकनहरुलाई राहत सहयोग ,वातावरण,मानव अधिकार, जनगणना ,आप्रवासन ,मुस्लिन प्रतिबन्ध लगायत गरि १५ वटा रहेका छन् ।

उनले ओभल कार्यालयमा आफ्नो पहिलो उपस्थितिको समयमा “साहसिक ” कार्यकारी आदेशहरुमा हस्ताक्षर गरेको पत्रकारहरुलाई बताए ।

“आज सुरु गर्न जस्तो समय छैन,” बाइडेनले पत्रकारलाई भने। उनले यी कार्यहरू अमेरिकी जनताप्रति गरेका आफ्ना प्रतिज्ञाहरू पालन गर्नका लागि गरेको बताए ।

बाइडेनले अगाडी भने, “हामीलाई धेरै चीजहरूको लागि कानून चाहिन्छ। बाईडेनको प्रस्तावमा १ करोड १० लाख असुचिकृत आप्रवासीलाई नागरिकताको अवसरसम्म दिने प्रस्ताव रहेको थियो । असुचिकृत आप्रवासीले ५ वर्षमा स्थायी आवासीय पत्र (ग्रिन कार्ड) र त्यसको ३ वर्षमा अमेरिकी नागरिकता दिईने कुरा समेटिएको छ ।

१ करोड १० लाख आप्रवासीलाई नागरिकतासम्मको सुविधा दिने बाईडेनको प्रस्ताव पारित भएका अमेरिकी ईतिहासमा यो ठूलो काम हुने र “यो सन् १९८६ मा राष्ट्रपति रेगनको आप्रवासन सुधारपछिको जस्तो ठूलो काम हुनेछ । उक्त समयमा ३० लाख असुचिकृत आप्रवासीलाई सुचिकृत गर्दै नागरिकताको सुविधा दिईएको थियो ।

आप्रवासन सुधारको बृहत र्कायक्रम कांग्रेसबाट पारित हुन त्यत्ति सजिलो भने छैन । केही काँग्रेस सदस्यहरुले बाईडेनलाई सावधानीपूर्ण कदम चाल्न सुझाव दिएका छन ।

ओबामा शासनकालमा सुरु भएको बाल्यकालमा अमेरिका आएका आप्रवासी लक्षित डाका कार्यक्रम पुर्नस्थापित गर्न चाहन्छन । ट्रम्प सरकारले उक्त सुविधा अन्त्य गर्न चाहेको थियो तर सर्वोचच अदालतले २०२० को जुनमा सरकारको कदममा अवरोध गरेको थियो । डाका अन्तर्गत ७ लाख आप्रवासी अमेरिकामा रहेको विश्वास गरिन्छ ।

श्रोत :  सिबिएस न्युज/सिएनएन

प्रतिक्रिया