बिहीबार, मंसिर १८ २०७७
काठमाडौं ०७:०४
वासिङटन डिसी 20:19

अमेरिकामा एकैदिनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५२ हजार,३६ वटा राज्यहरुमा संक्रमण बढ्दो

इनेप्लिज २०७७ असोज २८ गते १०:२९ मा प्रकाशित

अमेरिकामा एकैदिनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्यामा ५२ हजार ४ सय ६ पुगेको छ । कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ८ सय २ पुगेको जोन्स हप्किन्स बिश्वबिद्यालयले जनाएको छ ।

उक्त तथ्यांक गत मंगलबार अक्टोबर १३ का दिन २४ घण्टामा लिइएको हो । गत सोमबारको तुलनामा मंगलबारपुन: मृत्यु संख्या र कोरोनाबाट संक्रमित हुनेको संख्यामा वृद्धि भएको छ ।

पछिल्लो तथ्यांक अनुसार अमेरिकाका ३६ वटा राज्यहरुमा नयाँ कोरोना भाइरस वृद्धि भएको छ ।

अमेरिकामा हाल सम्म २ लाख २० हजारको मृत्यु भएको भने ८० लाख १३ हजार मानिसहरु संक्रमित भएका छन् । अहिले सम्म करिव ३२ लाख ५९ हजार निको भै सकेका छन् ।

श्रोत :जोन्स हप्किन्स बिश्वबिद्यालय/सिएनएन

प्रतिक्रिया