आइतबार, असोज ४ २०७७
काठमाडौं १६:२१
वासिङटन डिसी 06:36

प्रतिव्यक्ति १२०० डलरको चेक पठाउने राहत प्याकेजमा सिनेट र राष्ट्रपति कार्यालयवीच सहमति

इनेप्लिज २०७६ चैत १२ गते ११:३० मा प्रकाशित


लुइभेल, केन्टकी । कोरोना भाइरसको वढ्दो महामारीवाट अस्तव्यस्त वनेको अमेरिकी अर्थतन्त्र र नागरिकलाई राहत दिन तयार गरिएको २ ट्रिलियन अमेरिकी डलरको राहत प्याकेजमा माथिल्लो सदन सिनेट र राष्ट्रपति कार्यालयवीच आज विहान १ वजे सहमति जुटेको छ ।
विमान कम्पनी र व्यापारिक प्रतिष्ठानहरुलाई कसरी राहत प्याकेज उपलव्ध गराउने भन्ने विषयमा प्रतिपक्षी डेमोक्रेटिक पार्टी र सत्तारुढ रिपव्लिकन पार्टीवीच विवाद हुंदा सिनेटमा पुगेर राहत प्याकेजसम्वन्धी विधेयक अड्किएको थियो ।
अमेरिकी इतिहासमानै सवैभन्दा ठुलो राहत प्याकेज आज सिनेटवाट पारित भएपछि कार्यान्वयनमा आउनेछ । राहत प्याकेजको सम्पूर्ण विवरण सार्वजनिक नगरिए पनि २५० विलियन डलर नागरिकहरुलाई सोझै चेक पठाउन खर्च गरिनेछ, जस अनुसार सन् २०१८ मा प्रतिव्यक्ति वार्षिक ७५ हजार डलर भन्दा कम आय हुनेहरुलाई १२०० डलर, १ लाख ५० हजार भन्दा कम आय हुने दम्पत्तिलाई २४०० डलर र प्रत्येक वालवालिकाको लागि ५०० डलरका दरले चेक पठाइने छ । राहत प्याकेजमा व्यवस्था भए अनुरुप ३५० विलियन अमेरिकी डलर साना व्यापारिक प्रतिष्ठानलाई ऋण उपलव्ध गराउन, २५० विलियन डलर वेरोजगारहरुलाई भत्ता र वीमा दिन तथा ५०० विलियन डलर ठुला कम्पनीहरुलाई ऋण दिन खर्च गरिनेछ ।

प्रतिक्रिया