मंगलबार, जेठ १३ २०७७
काठमाडौं ०७:५६
वासिङटन डिसी 22:11

कोरोना भाईरसको कारण न्युयोर्कमा पहिलो नेपालीको मृत्यु

इनेप्लिज २०७६ चैत ११ गते १३:१९ मा प्रकाशित

कोरोना भाईरसको कारण न्युयोर्कमा पहिलो नेपालीको मृत्यु भएको छ ।

कोरोना भाइरसको संक्रमण भएर उपाचार गरिरहेका नेपाली युवा अनिल लिम्बुको गत सोमबार राती मार्च २३ का दुखद निधन भएको हो ।  न्यूयोर्ककै एलमष्ट अस्पतालको सघनकक्षमा उपाचार गराइ रहेका युवा अनिल लिम्बुको दुखद निधनले सबै नेपालीलाई दुखित तुल्याएको छ ।

उनलाई विगत १०-११ दिन देखि रूघाज्वरो आएर अस्पताल आउने जाने गरेको तर ५ दिन अघि कोरोनाभाईरस भएको निश्चित भएको थियो । र ,४ दिन देखि उनि वायु-प्रवाहक (भेन्टीलेटर)मा थिए ।

४९ वर्षीय अनिल लिम्बु नेपाल पाचथार जिल्लामा जन्म भै हाल न्युयोर्कमा उबर गाडी चलाउदै आएका थिए ।  दुईछोरा,एक छोरी र पत्नीका साथ न्युयोर्कमा बसोबास गदै आइरहेका थिए ।

प्रतिक्रिया