मंगलबार, असार ३० २०७७
काठमाडौं १४:१८
वासिङटन डिसी 04:33

पत्रकार पौडेलको सहयोगार्थ पहिलो दिननै १ हजार ६ सय १७ डलर उठ्यो (सहयोग गर्नेहरुको तस्बिरसहित)

२० हजार डलर उठाउने उदेश्यले साताव्यापी अभियान चलाइने

इनेप्लिज २०७६ फागुन ५ गते २:०० मा प्रकाशित

भर्जिनिया, अमेरिका । व्लड क्यान्सरवाट पीडित मकालु टेलिभिजनका समाचार सम्पादक कमल पौडेलको उपचारमा सहयोग पुर्याउने उदेश्यले वनाइएको गोफन्डमीमा पहिलो दिननै १ हजार ६ सय १७ डलर उठेको छ ।

२० हजार डलर उठाउने लक्ष्यका साथ वनाइएको गोफन्डमीमार्फत फेव्रुअरी २३, २०२० सम्म सहयोग गर्न सकिने छ । व्लड क्यान्सरको उपचारको लागि अहिले पत्रकार पौडेललाई सिभिल हस्पिटल मीनभवनमा भर्ना गरिएको छ । उहांको उपचारका लागि करिव ३० लाख रुपिंया लाग्ने अस्पतालले वताएको छ ।

गोफन्ड मार्फत आइतवार सहयोग गर्नेहरुमा अमेरिकाको भर्जिनियावाट अग्नी खरेल ५ सय डलर, किशोर सापकोटा ५ सय डलर, भर्जिनियावाट डिसी नेपालका सम्पादक उमेश शर्मा १०१ डलर, पत्रकारहरु सुनिल दाहाल १ सय डलर, विष्णु शीतल १ सय डलर, गुणराज लुइटेल र सीता लुइटेल ५० डलर र पेन्सिलभेनियावाट लक्ष्मी घिमिरे १ सय डलर ,भर्जिनियावाट सामाजिक अभियन्ता पर्शुराम भण्डारी १० डलर ,ईनेप्लिजका विश्वराज थापा र विजय थापा (ईनेप्लिज)बाट ५१ डलर  हुनु हुन्छ ।

यसै गरि पत्रकारिता क्षेत्रका ख्यातीप्राप्त रिसर्चर तथा लेखक भानुभक्त आचार्यले पनि पत्रकार पौडेललाई १० हजार सहयोग गर्नुहुने भएको छ । हाल क्यानाडामा रहनु भएका आचार्यले अर्को हप्ता नेपाल गएर पत्रकार पौडेललाई सहयोग गर्ने जानकारी दिनुभयो ।

डिसी नेपाल डटकम, इनेप्लिज डटकम र नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इञ्जा) द्वारा संयुक्त रुपमा सहयोगको लागि गोफन्डमी खाता खोलिएको हो ।

पत्रकार पौडेललाई गोफन्डमीको यो लिंक   https://www.gofundme.com/f/help-journalist-kamal-poudel?  मा गएर सहयोग गर्न सवैलाई अपिल गरिन्छ ।

प्रतिक्रिया