शनिबार, कार्तिक २ २०७६
काठमाडौं १०:०७
वासिङटन डिसी 00:22

अमेरिकामा होनहार नेपाली बिद्यार्थी ‘बिनोद नेपाल’को को गाडीको ठक्करबाट निधन, गोफन्ड संचालनमा

ज्यादै दुखद समाचार

इनेप्लिज २०७६ असोज ११ गते ११:०८ मा प्रकाशित

विजय थापा । अमेरिकाको लुजियाना स्टेट युनिभर्सिटी ( राज्य बिश्व बिद्यालय) का सिभिल इन्जिनियर (नागरिक अभियन्त्रणा)का बिधार्थी सवारी साधनको ठक्करबाट निधन भएको छ ।

सिन्धु पलान्चोक घर भै हाल काठमाडौँ बसोबास गर्दै उच्च अध्ययनको लागि अमेरिका आएका २६ बर्षिय तीक्ष्ण र मेधावी छात्र आफ्नो घर जाने क्रममा बाटो काट्ने क्रममा सवारी साधनले ठक्कर दिए पछि उनलाई अस्पताल पुर्याईएको थियो । गत २३ सेप्टेम्बर २०१९ का दिन उनलाई आवर लेडी अफ दि लेक रिजनल मेडिकल सेन्टर ब्याटोन रगमा उपचारको लागि भर्ना गरिएको थियो ।

दुर्भाग्यवस गत सेप्टेम्बर २६ का दिन नेपालको निधन भएको छ । उक्त बिश्व बिद्यालयमा नेपाली बिधार्थी संघका जन सम्पर्क अधिकारी पनि रहेका थिए । उनकोअन्तिम दह संस्कार गर्नु पर्ने भएकोले खर्च जुटाउन गो फण्ड खोलिएको छ ।

लुजीयाना स्टेट युनिभर्सिटीका नेपाली बिधार्थी संघका सभापति राजन ढकाल संघको तर्फ बाट गो फन्ड खोलेका छन् भने धमाधम रकम दिने क्रम जारी छ । स्व नेपालका परिवार माथि पर्न गएको अकल्पनीय घटना प्रति दुख व्यक्त गर्दै धैर्य धारण गर्ने शक्ति प्राप्त गरुन भनि समबेदना प्रकट गरेका छन् ।

साथै अमेरिकाको नेप्लिज एसोसिएसन इन साउथ अमेरिका नासा का अध्यक्ष बिनय अर्याल तथा महा सचिव कृष्ण श्रेष्ठले समेत संस्थाको तर्फ बाट एक छापा बिज्ञप्ति निकाली समबेदना को साथै सहयोग गर्न आब्हान समेत गरेका छन् ।

गो फन्ड मा $ ५० हजार डलर लक्ष्य राखिएको छ भने अहिले समाचार बनाउने क्रम सम्म $ १४ हजार डलर संकलन भै सकेको छ ।

तस्बिर : नासा/गो फन्ड बाट

प्रतिक्रिया