अमेरिकाको आइडाहो जङ्गलमा जानीजानी आगो लगाई दुई दमकलकर्मीको ज्यान लिने युवक दमकलकर्मी बन्ने इच्छा भएको खुलासा

इनेप्लिज २०८२ असार १७ गते ११:०५ मा प्रकाशित

आइडाहो राज्यको क्यानफिल्ड पहाडमा आइतवार गरिएको आगलागी जानीजानी गरिएको योजना भएको खुलेको छ । उक्त आगजनीमा दुई जना दमकलकर्मीको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।

प्रहरीका अनुसार संदिग्ध र दमकलकर्मीलाई गोली हानी ज्यान लिने युवक २० वर्षीय वेस रोली भएको पुष्टी भएको छ । उनले सामाजिक सञ्जालमा कालो रंगको अनुहार र युद्ध पोशाकमा तस्बिर राखेका थिए। सोमबार प्रहरीले ती तस्बिर सार्वजनिक गरे। प्रहरी अधिकारीहरूका अनुसार उनले आगो लगाएर दमकल टोलीलाई त्यहाँ बोलाए र त्यसपछि गोली चलाए।

घटनामा दमकलकर्मी फ्र्यांक हारवुड र जोन मोरिसन मारिए भने डेभ टिसडेल घाइते अवस्थामा अस्पतालमा छन्। घटनाको केही घण्टापछि रोलीको शव नजिकैको जङ्गलमा फेला परेको थियो। प्रहरीका अनुसार उनले आत्महत्या गरेका हुनसक्छन्।

शेरिफ नोरिसका अनुसार रोलीले पहिले पनि दमकलकर्मी बन्ने इच्छा राखेका थिए । मृतक संदिग्ध सन् २०२४ देखि त्यही क्षेत्रमा आफ्नै गाडी मै बस्दै आएका थिए ।

गभर्नर ब्राड लिटलले यस घटनालाई “हाम्रो वीर दमकलकर्मीमाथिको घृणित हमला” भन्दै संघीय तहको अनुसन्धानको प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया