महाधिवेशनको मिति तोकेर अघि बढौं : डा.डिला संग्रौला

इनेप्लिज २०८२ असार १७ गते १०:१९ मा प्रकाशित

ललितपुर । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौला पन्तले आन्तरिक मनमुटाव र गुटबन्दी त्यागेर पार्टीलाई चलायमान बनाउने गरी काम गर्नु पर्ने बेला आएको बताएकी छिन् ।

नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकमा मंगलबार धारणा राख्दै पन्तले भ्रातृ संस्थाहरूको अधिवेशनमा ढिलाइ र नेता–कार्यकर्ताबीच बढ्दो दूरीका कारण पनि पार्टीलाई क्षति भइरहेको औल्याइएन् ।

यसैगरी, नेता–कार्यकर्ताबीच एकताको खाँचो औंल्याउँदै उनले महाधिवेशनको स्पष्ट मिति र कार्यतालिका तत्काल तय गर्न प्रस्ताव पनि गरेकी छिन् । ‘पार्टी विधानअनुसार महाधिवेशन वर्षमा क्रियाशील सदस्यता वितरण बन्द हुनुपर्छ, जसलाई कडाइका साथ लागू गर्नुपर्छ,’ उनले भनिन् । मंसिरमा महाधिवेशन हुने सम्भावना कम देखिएको भन्दै उनले समयमै कार्यतालिका बनाएर संगठनलाई गतिशील बनाउनुपर्नेमा जोड पनि दिइन् ।

यसैगरी, नेविसंघ, तरुण दल र महिला संघ जस्ता भ्रातृ संस्थाहरूमा देखिएको विवाद र अधिवेशनको ढिलाइले संगठनमा गम्भीर असर परेको भन्दै केही नेतृत्वले म्याद थप्दा पनि अधिवेशन गर्न नसक्नु र पद जोगाउने चिन्ताले समस्या निम्त्याएको उल्लेख गरिन् ।

भ्रातृ संस्थाहरूको अधिवेशनका लागि तत्काल कार्ययोजना बनाई समयसीमा तोकेर कार्यान्वयन गर्नुपर्ने पन्तको सुझाव छ ।

सरकारबारे धारणा राख्दै पन्तले वर्तमान गठबन्धन सरकारमा कांग्रेसको उपस्थिति प्रभावकारी नभएको टिप्पणी गरिन् । यसैगरी मन्त्रीहरूको कमजोर भूमिका र सबै राम्रा कामको जस प्रधानमन्त्रीलाई जाने अवस्था अन्त्य हुनु पर्ने बताइन् । उनले भनिन् ‘केही साथीहरू सधैंभरी मन्त्री भइरहने भ्रममा हुनुछन्, त्यो भ्रमबाट मुक्त हुनुहोस् ।’

पेशागत तथा बुद्धिजीवी विभागको संयोजकको हैसियतले उनले सातै प्रदेशमा संविधान संशोधनको आवश्यकताबारे अन्तरक्रिया गरेको र प्रतिवेदन केन्द्रमा बुझाइसकिएको बताउँदै नेकपा एमालेसँगको सात बुँदे सहमतिमा उल्लेखित संविधान संशोधनको विषयलाई गम्भीरतापूर्वक लिएर कांग्रेसले संसदमा नेतृत्व गर्नुपर्नेमा पन्तको जोड थियो ।

आगामी चुनावमा नेकपा एमाले मुख्य प्रतिस्पर्धी हुने भएकाले अहिलेदेखि नै संगठन निर्माणमा ध्यान दिन र सरकारमा गएका मन्त्रीहरुले पनि इमान्दारिताका साथ काम गर्न आग्रह गरिन् । उनले भनिन् ‘मिसन २०८४ को चर्चा चुलिएको छ, तर के कांग्रेस एक्लै चुनाव लड्न तयार छ? यस विषयमा गम्भीर समिक्षा हुन जरुरी छ ।’
यस्तै, पुरक एसिया नामक गैरसरकारी संस्थाको सर्वेक्षण उद्धृत गर्दै उनले ८४ प्रतिशत जनता राजनीतिक दलहरूसँग असन्तुष्ट रहेको, ९४ प्रतिशतले दलहरूको मिलेमतोमा भ्रष्टाचार भइरहेको र ९० प्रतिशतले भ्रष्टहरूलाई दलहरूले नै संरक्षण गरेको ठान्ने गरेको तथ्यांक प्रस्तुत गर्दै मुलुकको जेठो र लोकतान्त्रिक पार्टी भएको नाताले यतातर्फ ध्यान दिएर जनताका निराशालाई आशामा बदल्न जरुरी रहेको बताइन् ।

‘५४ प्रतिशत मतदाताले आगामी चुनावमा विगतभन्दा फरक दललाई भोट दिने र ७३ प्रतिशतले नयाँ नेतृत्व आएमा पुनर्विचार गर्न सक्ने बताएका छन्,’ उनले भनिन् । हालको सरकारप्रति ९ प्रतिशत मात्रै सन्तुष्ट रहेको उक्त सर्वेक्षणले देखाएको भन्दै यता तर्फ पनि पार्टीले ध्यान दिनु पर्नेमा जोड दिइन् ।

‘कम्युनिस्ट पार्टीहरू दलाल र बिचौलियाको पकडमा छन् भने अर्को समूह लोकतन्त्र विरोधी गतिविधीमा लागेकाले नेपाली कांग्रेसले लोकतन्त्र जोगाउन सतिशाल भएर उभिनु पर्नेमा जोड दिँदै भनिन् ‘हामी सबै एकजुट भएमा लोकतन्त्र जोगाउन पर्याप्त छ ।’

बैठकमा उनले पार्टीको आन्तरिक एकता र अनुशासनलाई बलियो बनाएर २०८४ को चुनावमा बलियो उपस्थिति देखाउनुपर्नेमा जोड पनि दिइन् ।
)))

बैठकमा राखेको धारणा
श्री सभापति ज्यू, पदाधिकारीज्यूहरू र केन्द्रीय कार्यसमितिका सम्पूर्ण साथीहरू,

सर्वप्रथम, झन्डै १० महिनापछि बसेको यो बैठकमा यहाँहरू सबैलाई स्वागत गर्दै मलाई बोल्ने अवसर प्रदान गर्नुभएकोमा धन्यवाद। महासमिति बैठकको म्याण्डेट र केन्द्रीय समितिका निर्णयहरू कार्यान्वयन गर्न गत १ असोजदेखि सुरु भएको सांगठनिक विशेष अभियानमा मलाई धनकुटाको लागि केन्द्रीय प्रतिनिधिको जिम्मेवारी प्राप्त भएको थियो। स्थलगत अवलोकन र समीक्षाबाट केही महत्वपूर्ण विषयहरू उजागर भएका छन्, जसलाई म यहाँ राख्न चाहन्छु।

१. सांगठनिक अभियानको समीक्षा:

धनकुटामा सञ्चालित १०० दिने अभियानले पार्टी संगठनको अवस्थालाई नजिकबाट बुझ्ने अवसर प्रदान गर्‍यो। मुख्य समस्याहरू निम्न छन्:

मेरो सुझाव: भ्रातृ संस्थाहरूको अधिवेशनका लागि तत्काल स्पष्ट कार्ययोजना बनाई समयसीमा तोकेर कार्यान्वयन गर्नुपर्छ। यदि नेतृत्वले जिम्मेवारी पूरा गर्न सक्दैन भने नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढाउनुपर्छ।

४. सरकार र संसदमा कांग्रेसको भूमिका:

वर्तमान गठबन्धन सरकारमा कांग्रेसको उपस्थिति प्रभावकारी हुन सकेको छैन। कांग्रेसका मन्त्रीहरूको भूमिका कमजोर देखिएको छ, र सबै राम्रा कामको जस प्रधानमन्त्रीलाई जाने तर नराम्रा कामको दोष हाम्रा साथीहरूलाई लाग्ने अवस्था अन्त्य हुनुपर्छ। केही नेताहरू सधैं मन्त्री हुने भ्रममा छन्, जुन गलत हो।

मेरो प्रस्ताव: सरकारमा पार्टीको प्रभावकारी सहभागिता सुनिश्चित गर्न र मन्त्रीहरूको उत्तरदायित्व बढाउन पार्टीले स्पष्ट रणनीति बनाउनुपर्छ। आउँदो चुनावमा एमाले नै हाम्रो मुख्य प्रतिष्पर्धी भएकाले त्यस तर्फ पनि अहिलेबाटै ध्यान दिएर संगठन निर्माणमा हामी लाग्नु पर्छ । कांग्रेसको आन्तरिक एकता नै शक्ति हो भन्ने कुराको मनन गरेर अगाडी बढौं ।

५. पेशागत तथा बुद्धिजीवी विभागका गतिविधिहरू:

म पेशागत र बुद्धिजीवी विभागको पनि संयोजक भएको नाताले समितिको बैठक राखी सातै प्रदेशमा संविधान संशोधनको औचित्य र आवश्यकता विषयमा अन्तरक्रिया गर्यौं । उक्त अन्तरक्रियाहरुको प्रतिवेदन हामीले केन्द्रमा बुझाइसकेका छौं । नेकपा एमालेसंग गरिएको सात बुंदे सहमतिमा पनि संविधान संशोधनको विषय उल्लेख छ। त्यसैले संविधान संशोधनको विषयलाई गम्भीरता पूर्वक लिएर कांग्रेसले संसदमा यसको नेतृत्व गर्नु पर्छ।

६. समसामयिक राजनीति :

आदरणीय सभापतिज्यू,

अहिले देश भरि मिसन चौरासीको चर्चा चुलिएको छ। त्यसैले म यहाँ वरिष्ट नेतागण र केन्द्रीय सदस्य साथीहरु संग प्रश्न गर्न चाहन्छु – २०८४ मा हुने आम चुनावमा आफ्नै बुतामा, एक्लै चुनाव लड्न के कांग्रेस तयार छ ? त्यसको लागि के तयारी गरि रहेको छ र के गर्ने योजनामा छ? ल, हामीले एक्लै चुनाव लड्यौं भने प्रतिनिधि सभामा प्रत्यक्ष तर्फ कति सिट जितौला ? ७०- ८० वा २५ – ३०, कृपया ठण्डा मन र मस्तिष्कले सोचौ, छलफल गरौँ र सोही अनुसार अगाडी बढौं।

पार्टीले पेशागत तथा बुद्धिजीवी विभागको जिम्मा दिए पछि मैले देशै भरि घुम्ने मौका पाएँ। भोलि चुनावमा जाँदा हामीले के भनेर भोट माग्ने ? हामी केही साथीहरु हालै गण्डकी प्रदेशको भ्रमण गरेर फर्क्यौं। आज साथीहरुको मनोबल खस्केको छ। हरेक जिल्लामा तीन ओटा, चारओटा गुट उपगुट हरु छन्। कुनै पनि तहमा अनुशासन छैन । भर्खरै मैले एउटा रिपोर्ट पढ्ने मौका पाएँ। पुरक एसिया नामक एउटा गैर सरकारी संस्थाले सार्वजनिक सेवा र सुशासन तथा नागरिक असन्तुष्टि सर्वेक्षणको नतीजा प्रकाशन गरेको छ। उक्त सर्वेक्षण अनुसार आम जनताको असन्तुष्टि आर्थिक अवसरको अभाव, संस्थागत भ्रष्टाचार, कमजोर शासन प्रणाली तथा युवाको बिदेश पलायनसँग जोडिएको छ। अक्षम राजनीतिक नेतृत्व र सार्वजनिक संस्थाको कमजोर प्रदर्शनले जनताको विश्वास खस्केको छ। बारम्बार सरकार परिवर्तन, राजनीतिक सञ्जाल र नागरिक आवाजको बेवास्ताले आक्रोश बढेको देखिन्छ।

झन्डै ५४ प्रतिशत मतदाताले आगामी चुनावमा विगतको भन्दा फरक दललाई भोट हाल्ने बताए। तर ७३ प्रतिशतले दलहरुमा नयाँ नेतृत्व आएमा आफुहरुले पुनर्विचार गर्न सक्ने बताएका छन्।

यो सर्वेक्षणले एउटा प्रदेशको मात्रै हैन, देश भरिकै जनमतको प्रतिनिधित्व गर्छ। यो प्रिन्ट गरेर सबै केन्द्रीय सदस्य ज्यूहरू लाई बाँडी दिन म केन्द्रीय कार्यालयलाई अनुरोध गर्दछु। – हालको सरकारको कामप्रति जम्मा ९ प्रतिशत मात्रै सन्तुष्ट छन् ।

अब कसरी अगाडी जाने त ? अहिलेको मूल समस्या भनेको आफुलाई कम्युनिस्ट भन्ने पार्टीहरु दलाल र बिचौलियाको पकडमा छन् र कांग्रेसले आफ्नो क्रान्तिकारितालाई कायम राख्दै अहिले व्यवस्था नै परिवर्तन गर्नु पर्छ भनेर जनतामा गलत भाष्य स्थापित गर्न खोजि रहेका बेला मुलुकको जेठो र लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसले लोकतन्त्रका लागि सतिशाल जसरी उभिने बेला आएको छ । त्यसका लागि हामी सबै एक जुट भएमा लोकतन्त्र जोगाउनका लागि पर्याप्त छ । धन्यवाद जय नेपाल ।

प्रतिक्रिया