ट्रम्पको बिशाल सुन्दर विधयेक पारित गर्न गर्न रिपब्लिकन नेताहरूको संघर्ष: करिव २० घण्टा देखि बिधेयक पारित गर्न नेताहरु अन्तिम कसरतमा

इनेप्लिज २०८२ असार १७ गते १०:३३ मा प्रकाशित

राष्ट्रपति डोनाल्ड ट्रम्पको ठूलो आर्थिक विधेयक (मेगाबिल) अर्थात् उनको बिशाल सुन्दर विधयेक पारित गर्न रिपब्लिकन नेताहरू अहिले पनि सिनेट पछाडी मंचमा छलफल गरिरहेका छन्। “भोट-ए-रामा” अर्थात् धेरै संशोधनमा लगातार हुने लामो मतदान प्रक्रिया प्रक्रिया जारी छ, र अझै अन्तिम निर्णयमा पुगिएको छैन।

सिनेटमा यो विधेयक पारित गर्न रिपब्लिकनहरू केवल तीन मत मात्र गुमाउन सक्छन्। सिएनएनका अनुसार केही सिनेटरहरूको समर्थन अझै सुनिश्चित भएको छैन। खासगरी सिनेटर लिसा मर्कोवस्कीले मेडिकेड र खाद्य सहायताको प्रावधानहरूमा चिन्ता व्यक्त गर्दै स्पष्ट निर्णय दिएकी छैनन्।

गत केही घण्टा देखि मर्कोवस्कीलाई मनाउन रिपब्लिकन नेताहरू बहुमत नेता जोन थुन, जोन बारासो, र अलास्काका अर्का सांसद ड्यान सुलिभन लगातार भेटघाट गरिरहेका छन्। तर, थुनले अझै समाधानको स्पष्ट बाटो देखाएका छैनन्।

यसैबीच, सिनेटर माइक लीको सौर्य र वायु ऊर्जाका कर छुट हटाउने संशोधन प्रस्ताव अस्वीकृत भएको छ । यो १९ घण्टासम्म चलिरहेको भोट-ए-रामाको ३३औं मतदान हो।

सिनेटरहरू कफी पिउँदै, कम्बल ओढेर मतदान गरिरहेका छन्। अझै पनि अन्तिम मतदान कहिले हुने हो भन्ने स्पष्ट छैन।

प्रतिक्रिया