अमेरिका नेपाल सहयोगी समाज(ANHS)को वनभोज कार्यक्रम २०२५ सम्पन्न

इनेप्लिज २०८२ असार १७ गते १:५४ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यको मनासस् शहरमा क्रियाशील नेपालीहरुको लोकप्रिय सामाजिक संस्थाअमेरिका नेपाल सहयोगी समाज (ANHS)को वार्षिक वनभोज कार्यक्रम जुन २९ आईतबारको दिन भव्य रूपमा सम्पन्न भएको छ ।

भर्जिनियाको मार्सल स्थित Northern Fauquier Community Park (4155 Monroe Pkwy, Marshall VA, 20115) मा सम्पन्न वनभोज कार्यक्रममा संस्थाका सदस्यहरू, ANHS Academy का विद्धार्थी, शिक्षक/शिक्षिका एवं अभिभावकहरूको बाक्लो सहभागिता रहेको थियो ।

हरेक वर्षहरु झैं यो वर्ष पनि अमेरिका नेपाल सहयोगी समाजले आफ्नो संस्थाका सदस्यहरु, विद्धार्थी, शिक्षक र अभिभावकहरूबीच सामिप्यता, मनोरन्जन र आपसी चिनजान तंथा भेटघाटको उद्धेश्यले वनभोजको आयोजना गरिएको संस्थाका अध्यक्ष श्री कामना पन्थीले जानकारी गराउनू भयो ।

बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म चलेको उक्त कार्यक्रममा सहभागिहरूले नेपाली मौलिक गीत संगीतमा नाचगान सहित विभिन्न नेपाली परिकारहरूको स्वाद लिदै रमाइलो गरेका थिए ।

सोहि कार्यक्रमको अवसरमा अमेरिका नेपाल शिक्षा सदनको बिभिन्न कक्षाहरूमा student of the quarter घोषित विद्धार्थीहरूलाई Academy का संयोजक तनुजा पोखरेलले नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।त्यसैगरि गत महिना Academy ले आयोजना गरेको विभिन्न खेलकूद कार्यक्रममा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने बिधार्थीहरूलाई बोर्ड अफ ट्रष्टिजका Chairperson केदारप्रसाद तिम्सिना तथा संस्थाकाअद्यक्ष्य कामना पन्थीले संयुक्त रूपमा खेलकूद सामग्री वितरण गर्नुभएको थियो ।

वनभोज कार्यक्रमको लागि संस्थाका वरिष्ठ उपाध्यक्ष प्रकाश सूवेदीको संयोजकत्वमा तयारी समिति निर्माण गरिएको थियो । उक्त कार्यक्रमलाई सफल बनाउन संस्थाका संपूर्ण कार्यसमिति तथा बोर्ड अफ ट्रस्टीजका पदाधिकारीहरू, पूर्व अध्यक्षहरू, सल्लाहकारहरू, संस्थाका सदस्यहरू, स्वयमसेवकहरू, शिक्षा सदनमा अध्यनरत बालबालिका,तथा शिक्षक-शिक्षिकाहरू, अभिभावकहरू, चन्दादाताहरू लगायतको महत्वपूर्ण भूमिका रहेको थियो ।

सोहि कार्यक्रमको अवसरमा संस्थामा हालै आजिवन तथा साधारण सदस्यता लिनुभएका सदस्यहरूलाई संस्थाको ब्याच र कप प्रदान गरेर स्वागत गरिएको थियो ।

कार्यक्रममा भर्जिनिया र आसपासका राज्यमा बसोबास गर्ने नेपाली समूदाय, फोटो ग्राफर, पत्रकारहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो ।

तस्बिर पुरु सुबेदीको फेसबुक बाट

प्रतिक्रिया