राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा इरानका आणविक केन्द्रहरूमा बम आक्रमण उडान भर्ने अमेरिकी बिमानचालकहरू आगामी जुलाई ४ (स्वतन्त्रता दिवस) का दिन व्हाइट हाउसको विशेष कार्यक्रममा सहभागी हुने भएका छन्।
सिबिएस समाचारका अनुसार यो कार्यक्रम अमेरिकाको राजधानी वाशिङटनमा आयोजना हुनेछ भने ट्रम्पले स्वयम् सम्बोधन गर्नेछन् । कार्यक्रममा उडान प्रदर्शन पनि हुनेछ, जसमा एफ-२२,एफ-३५ र बि-२ बमवर्षक बिमानहरु बिमानहरू उडाइनेछ। यिनै विमानहरूले केही हप्ता अघि इरानका फोर्डो र नतांजका युरेनियम प्रशोधन केन्द्रमा बम वर्षाएका थिए।
ट्रम्पले गत हप्ता फक्स न्यूजसँगको अन्तर्वार्तामा ती बिमानचालकहरूलाई व्हाइट हाउसमा सम्मान गर्ने बताएका थिए।
पेन्टागनका अनुसार, सातवटा बि-२ बमवर्षक विमानहरूले अमेरिका मिजौरीबाट उडेर ३६ घण्टासम्मको लामो यात्रा गरेर इरान पुगेका थिए। उनीहरूले “बंकर बस्टर” नामका शक्तिशाली बमहरू प्रयोग गरेर इरानको आणविक संरचनाहरूमा ठूलो क्षति पुर्याएका थिए। साथसाथै, अमेरिकी पनडुब्बीहरूले इस्फाहानमा पोतबिहार क्षेप्यास्त्र प्रहार गरेका थिए।
यद्यपि क्षतिको वास्तविक विवरण अझ पनि स्पष्ट भै सकेको छैन । यसमा अझै विस्तारमा क्षति बारे आउने बताईएको छ । अन्तर्राष्ट्रिय परमाणु निकाय प्रमुख राफाएल ग्रोसीले इरानको क्षमतामा “गम्भीर क्षति” पुगेको भए पनि “पूर्ण रूपमा ध्वस्त” भने नभएको बताए।
प्रतिक्रिया