धनगढी, असार १६÷ मदन भण्डारी फाउण्डेशन कैलालीले कैलाली जिल्लाका प्रमख जिल्ला अधिकारी समक्ष सोमबार ज्ञापन पत्र पेश गरेको छ ।
फाउण्डेशन कैलालीका अध्यक्ष रामचन्द्र जोशीको नेतृत्वमा गएको टोलीले प्रमूख जिल्ला अधिकारी समक्ष सो ज्ञापन पेश गरेको हो ।
जल तथा मौशम विज्ञान विभागले असार १५ देखि लगातार तीन दिन सम्म बर्षा हुने कुरा सार्वजनिक गरेपछि मदन भण्डारी फाउण्डेशन कैलालीले कैलाली जिल्लामा हुन सक्ने प्राकृतिक प्रकोपलाई न्यूनिकरण गर्न सहज होस् र जनताको ज्यू धनको रक्षागर्न बेलैमा पहल होस् भन्ने मुख्य उद्दे्श्यले ज्ञापन पत्र बुझाइएको कुरा कैलाली अध्यक्ष जोशीले बताएका छन ।
हरेक बर्ष बर्षातको समयमा कैलाली जिल्लाका भजनी, कैलारी, टीकापुर, जोशीपुर, जानकी लगायतका पालिकाहरुमा डुवानको समस्या आउने र त्यसबाट ठूलो जनधनको क्षति हुने गरेकाले पनि त्यसको पूर्व सन्ध्यामा फाउण्डेशनले राज्यको ध्यानाकर्ष गराउनका लागि ज्ञापन बुझाएको कुरा अध्यक्ष जोशीले जानकारी दिएका छन् ।
कैलाली जिल्लामा मानवीय क्षति हुन नदिनका लागि पूर्व तयारीका लागि जिल्ला स्थित सबै सरोकारवाला निकाय, सरकारी संयन्त्रले समन्वय र सहकार्य गर्न पनि प्रमूख जिल्ला अधिकारीलाई अनुरोध गरिएको. छ ।
कैलाली जिल्लाका बाढी प्रभावित क्षेत्रमा उद्धार टोली खटाएर विपद् जोखिम न्यूनिकरणका सबै कार्यहरुलाई चुस्त र दुरुस्त राख्नका लागि पनि प्रमूख जिल्ला अधिकारी समक्ष अनुरोध गरिएको छ ।
संस्थाका अध्यक्षद्धारा कैलाली जिल्लामा फाउण्डेशनले विपद् जोखिम न्यूनिकरणका लागि वा भैपरि आउने घटनामा उद्धारका लागि खटिनका लागि पनि नम्बरहरु प्रशासन कार्यालयलाई ज्ञापनमा उल्लेख गरिएको छ ।
वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।
प्रतिक्रिया