शुक्रबार, असोज ३ २०७६
काठमाडौं १७:३३
वासिङटन डिसी 07:48

अमेरिका भित्र्याइएको केराको बट्टामा १० लाख डलर बराबरको कोकिन फेला

इनेप्लिज २०७६ भदौ ६ गते ०:५१ मा प्रकाशित

अमेरिकाको वाशिंगटन राज्य स्थित एक पसलमा मगाइएको केरामा करिव १० लाख डलरको कोकिन फेला परेको छ । उक्त कोकिन वाशिंगटन राज्यका तिन सेफवे ग्रोसरी स्टोर(किराना पसल) मा जहा बाट ल्याइएको केराको बट्टामा फेला परेको प्रहरी अधिकारीले जनाएका छन् ।

बेलिङ्गहाम प्रहरीका अनुसार ५१ पाउण्ड करिव २३ किलोग्राम को कोकिन फेला परेको कर्मचारीले सूचना दिएका थिए । गत अगस्त १८ का दिन कोकिन फेला परे पछि कामदारले ९११ मा तुरुन्तै खबर जनाएको एपीले जनाएको छ ।

किङ्ग काउन्टी का प्रहरी अधिकारीले त्यसै दिन अर्को सेफवे किराना पसलमा ४९ पाउण्ड (२२ केजी)बराबरको कोकिन बट्टा मुनि फेला पारिएको जनाएका छन् ।
यसको लागि ड्रग ईन्फ़ोर्समेन्ट एड्मिनिसट्रेसन(ओखति प्रवर्तन प्रशासन ) ले अनुसन्धान गरि रहेको जनाएको छ ।

प्रतिक्रिया