आइतबार, भदौ ८ २०७६
काठमाडौं १९:०६
वासिङटन डिसी 09:21

डिसीमा सात महिनामा एकसयको हत्या

यादवराज जोशी २०७६ साउन २८ गते २०:२५ मा प्रकाशित

अमेरिकाको राजधानी वासिड.टन डिसीमा सन् २०१९ को सात महिनामा एक सयजनाको हत्या भएको छ । अगस्ट १२ तारिख सोमबार राती एकजनाको छुरी हानी हत्या भएपछि सन् २०१९ मा मारिनेको संख्या एकसय पुगेको मेट्रोपोलिटन पुलिस डिपार्टमेन्टले जनाएको छ ।

सोमबार राती ९ः४६ बजे ५००० बास प्लेस साउथईस्टमा एकजना अज्ञात व्यक्तिको छुरी हानी हत्या भएको थियो । उक्त व्यक्तिको शरीरमा कैयनपटक छुरी प्रहार गरीएको थियो । डिसी प्रहरीले हत्याराको जानकारी दिने व्यक्तिलाई २५ हजार अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको छ ।

राजधानी डिसीमा मारिनेको संख्या विगत पाँच वर्षको जनवरीदेखि जुलाईसम्मको अवधीमा सबैभन्दा धेरै हो । सन् २०१८ मा अगस्ट महिनाको अन्त्यसम्ममा एकसय एकजनाको हत्या भएको थियो । यसैगरी, सन् २०१७ मा नोभेम्बरको अन्त्यमा हत्या हुनेको संख्या एकसय पुगेको थियो ।

सन् २०१५ र २०१८ मा अमेरिकाको राजधानी डिसीमा हत्या हुनेको संख्या एकसय ६० भन्दामाथि थियो ।

स्रोतः एजेन्सीहरु
तस्वीरः गुगल खोज

प्रतिक्रिया