शनिबार, असोज ३० २०७८
काठमाडौं ०८:०१
वासिङटन डिसी 22:16

न्युयोर्कमा हुने युएस नेपाल चिल्ड्रेन ट्यालेन्ट शो प्रतियाेगिताको तयारी अन्तिम चरणमा

इनेप्लिज २०७६ असार १२ गते १६:२५ मा प्रकाशित

आगामी जुन २९ तारीख़का दिन न्यूयोर्कको अस्टोरिया स्थित  चिआन फेडेरेसन हलमा ५ देखि १६ वर्ष सम्मका बालबालिकाहरुको लागि हुनगईरहेकाे दोश्रो युएस नेपाल चिल्ड्रेन ट्यालेन्ट शो २०१९  प्रतियोगिताकाे तयारी लगभग अन्तिम चरणमा पुगिसकेकाे तैयारी समितिकि संयाेजक कमला प्रसाईले बताउनुभयाे।

हालसम्म ५ देखि १६ वर्ष सम्मसम्मका २५ जना बालबालिकाहरुले प्रतिभा प्रदर्शनकालागी आवेदन  फर्म भरिसकेकाे र भर्जिनिया, क्यालीफाेर्निया, बाेस्टन, न्यूजर्सी, टेक्सस , कनेक्टिकट बाट पनि अभिभावकले  बालबालिकाहरु साथमा लिएर आउन लागेकाले जुन २९ तारीख़का दिन पनि फारम खुल्ला राखिएकाे संयाेजक प्रसाईले बताउनुभयाे।

“हामिले साेचेभन्दा बढीनै सहभागी हुने हाम्राे पुर्व अनुमान छ।” उहॉभन्नुहुन्छ। प्रतियोगिता स्थलमा बालबालिकाहरुकाे कुनै दुर्घटना नहाेस भनेर उच्च सतर्कता अपनाईएकाे र सुरक्षाकालागी सुरक्षाकर्मीकाे बन्दाेवस्त , एक मिलियन डलरकाे दुर्घटना बिमा, नास्ता र डिनरकाे समेत राम्राे  ब्यवस्था गरिएकाे उहॉले बताउनुभयाे।

प्रतियाेगिताकाे बिषयमा कुनै पनि जिज्ञासा भए  इमेल ठेगाना [email protected] वा [email protected] वा फोन नम्बर 347-896-3590,  मार्फत आयोजकलाई सम्पर्क गर्न सकिने  उहॉ बताउनुहुन्छ।

प्रतिक्रिया