मंगलबार, असार ३ २०७६
काठमाडौं १७:३१
वासिङटन डिसी 07:46

बाल्टिमोरमा स्थित नेपाली पाठशालाका बिधार्थीहरुद्वारा प्रतिभा प्रदर्शन

विजय थापा २०७६ जेठ ५ गते २३:३० मा प्रकाशित

डिसी ,मेरिल्याण्ड राज्यको बाल्टिमोरमा संचालित नेपाली पाठशालामा अध्ययनरत दोश्रो पुस्ता तथा अमेरिकामा जन्मेका बिधार्थीहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् ।

बिगत ४ बर्ष देखि संचालनमा आएको उक्त नेपाली पाठशालामा नेपाली बोल्न र लेख्न सिकाइने गरिन्छ । मे १९ आइतबारका दिन नेपाली भाषा कक्षा पाठशालाका बिधार्थीहरुको ग्राजुएसन कार्यक्रम अर्थात् दिक्षान्त दिवस समेत रहेकोले उनीहरुलाई प्रमाण पत्र समेत वितरण गरिएको थियो ।

उक्त नेपाली पाठशालाका संरक्षक तथा समाजसेवी डा श्याम कार्की तथा अन्य समाज सेवीहरुको पहलमा संचालनमा आएको हो । उक्त पाठशालामा स्वयम् सेवक रुपमा संचारकर्मी तथा समाज सेवी सतिस चापागाई तथा बिष्णु शर्मा लगायतले बालबालिकालाई नेपाली भाषा पढाई रहेका छन् ।

बिधार्थीहरुले बिभिन्न प्रस्तुति गर्दै कार्यक्रम समापन भएको थियो । प्रस्तुत गर्ने केही साना उमेरका बालबालिकाले नेपाली भाषामा आफूले जानेका कुरा भनेका थिए । बिधार्थीहरुले नेपाली १२ महिनाको कण्ठ पारेका थिए भने,कसैले नेपाली बार ,कसैले सारंगी, कसैले जिम्नास्टिक ,कसैले चुटकिला ,कसैले घरमा आमाले के भन्नु हुन्छ आदी ईत्यादी बारेमा प्रस्तुति प्रस्तुति गरेका थिए ।

कृषा कार्की तथा उनका साथीद्वारा नेपाली गीत प्रस्तुत गरिएको थियो भने सामना चापागाईले चित्रकला बनाएकी थिइन् । उक्त पाठशालाका बिधार्थीहरुलाई नायिका सारङ्गा श्रेष्ठले नृत्य प्रशिक्षण दिई रहेकी छिन् भने उनले आफूले सिकेको कुरा मात्र सिकाएको बताएकी थिइन् ।

डा श्याम कार्की ,बानाकि निवर्तमान अध्यक्ष अनु वन्त श्रेष्ठ ,अभिभावकको तर्फबाट बिनोद उप्रेती ,शिक्षकको तर्फ बाट बिष्णु शर्मा, तेक्वान्दोका प्रशिक्षक तथा एवरेस्ट वर्ल्ड क्लास तेक्वान्दोका संचालक कुमार कार्की लगायतले मन्तब्य राखेका थिए । कार्यक्रम संचालन पाठशालाका शिक्षक सतिस चापागाईले गरेका थिए । एवरेस्ट वर्ल्ड क्लास तेक्वान्दोले उक्त नेपाली भाषा कक्षा संचालनको लागिस्थान उपलब्ध गराई रहेको छ ।

बिद्यार्थीहरुलाई राजदुत डा अर्जुन कुमार कार्कीले प्रशंसा पत्र बितरण गरेका थिए ।

प्रतिक्रिया