आइतबार, जेठ ५ २०७६
काठमाडौं २२:३३
वासिङटन डिसी 12:48

न्युयोर्कमा राष्ट्रपति भण्डारीको सम्मानमा रात्री भोज कार्यक्रमको आयोजना( बिशेष तस्बिरहरु सहित )

विजय थापा २०७५ फागुन ३० गते ३:३१ मा प्रकाशित

न्यू योर्क । महिलाको स्थिति सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सिएसडब्ल्यू) को ६३औँ सम्मेलनमा सहभागी हुन न्यूयोर्क आउनु भएकी राष्ट्रपति विद्यादेवी भण्डारीको सम्मानमा रात्री भोजको आयोजना गरिएको छ ।

नेपाली राजदुतावासको तर्फवाट राजदुत डा अर्जुन कुमार कार्की( विध्या वारिधी ) तथा संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि अमृत वहादुर राईले सयुक्त रुपमा उक्त रात्री भोजको आयोजना गर्नु भएको हो ।

उक्त रात्री भोज समारोहमा नेपालबाट आउनु भएका सम्पूर्ण प्रतिनिधीमण्डल सदस्यहरु ,अमेरिका स्थित नेपाली दुतावास, न्यूयो्र्क स्थित महाबाणिज्यदुतका प्रतिनिधी,स्थायी नियोगका प्रतिनिधिहरु ,अमेरिकाक विभिन्न राज्य बाट आउनु भएका बिभिन्न पेशामा संलग्न व्यक्तित्वहरु ,व्यवसायी,विभिन्न संघ संस्थाका प्रतिनिधी ,संचारकर्मी लगायतको उपस्थिती रहेको थियो ।

राजदुत डा कार्की तथा नेपाली स्थायी प्रतिनिधि राईले राष्ट्रपति समक्ष मन्तब्य राख्नु भएको थियो । डा कार्की तथा राईले नेपालकी प्रथम निर्वाचित महिला राष्ट्रपति भएको चर्चा गर्दै बिधार्थी जीवन देखि नै राजनीतिमा सक्रिय भुमिका निर्वाह गर्नु भएको बताउनु भएको थियो । देशले प्रथम महिला राष्ट्रपति प्राप्त गरेकोमा सम्पूर्ण महिला लगायत सबैले गर्व गरि रहेको डा कार्कीले बताउनु भएको थियो ।

साथै राष्ट्रपति भण्डारीले बिभिन्न राष्ट्रका बिशेष व्यक्तित्वहरुसंग भेटघाट गर्नु भएको थियो भने नेपाली समुदायका प्रतिनिधिहरुलाई समेत भेटघाट दिनु भएको छ । महा बाणिज्य दुत प्रेम राजा महतको नेतृत्वमा गएको प्रतिनिधि मण्डलमा क्यालिफोर्नियाका महा बाणिज्य दुत ऋषि ढकाल ,बानाकि अध्यक्ष अनु श्रेष्ठ वन्त, बिश्व कीर्तिमानी उज्ज्वल ठकुरी ,ब्यबसायी लोकनाथ तिवारी तथा प्रभु थापाले समेत भेटघाट गर्नु भएको थियो ।

महा बाणिज्य दुत महतले भेटघाट गर्न आएको भन्दै नेपालले प्रगति उन्नति गर्न सकोस भनि शुभकामना दिनु भएको थियो । यसै गरि अर्का महा बाणिज्य दुत ढकालले गार्मेन्ट उद्योग पुनर्जीवित हुनु पर्ने तथा अमेरिकी सरकारले ७७ वटा वस्तुमा प्रदान गरेको सुबिधालाई राष्ट्रले उपयोग गर्नु पर्ने सुझाव दिनु भएको थियो ।

बानाका अध्यक्ष अनु श्रेष्ठ वन्तले महिला राष्ट्रपति भएकोमा आफू पनि महिला भएकोमा गर्व लागेको बताउनु भएको थियो भने ब्यबसायी लोकनाथ तिवारीले लगानीलाई अहिलेको सरकारले सहज बातावरण गरि रहेको बताउदै लगानी गर्न सरकारले अझ सहज तथा सरल बातावरण बनाउनु पर्ने बताउनु भयो ।

३ पटक बिश्व कीर्तिमानधारी गिनिज वर्ल्ड रेकर्ड्स उज्ज्वल ठकुरीले बिदेशमा बसेर देशको नाम चिनाउन आफूले निकै मेहनत गरेको भन्दै सरकारले हामी जस्ता खेलाडीलाई प्रोत्साहन स्वरुप सम्मान गर्न सरकारले ध्यान दिनु पर्ने सुझाव दिनु भएको थियो । र ठकुरीले आफूले प्राप्त गरेका उपलब्धिहरु राष्ट्रपतिलाई बुझाउनु भएको थियो ।

भेटघाट गर्ने क्रममा अन्तर्राष्ट्रिय नेपाली पत्रकार संघ( ईन्जा)का अध्यक्ष गुणराज लुइँटेलको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले राष्ट्रपतिलाई संचार सम्बन्धि आफ्ना कुराहरु राख्दै राष्ट्रपतिलाई पत्र हस्तान्तरण गरेको छ ।

गत मार्च १२ का दिन राष्ट्रपति भण्डारीले जलबायु परिवर्तनको असरबारे आफ्नो धारणा राख्दै नेपालले भोग्नुपरेको समस्यालाई प्रकास पार्नु भएको थियो । साथै महासचिव गुटरेसले राष्ट्रसङ्घीय शान्ति स्थापनाका कार्यमा नेपालले गरेको योगदानको सराहना गर्नु भएको थियो ।

यस्तै गरि राष्ट्रपति भण्डारी संग अपराह्न संयुक्त राष्ट्रसङ्घको ७३औँ महासभाका अध्यक्ष मारिया फर्नाण्डा इस्पिनोसा ग्रेसेसले शिष्टाचार भेट गर्नु भएको थियो ।

राष्ट्रपति भण्डारी मार्च १४ तारिख काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया