प्रकाश राईको अध्यक्षतामा युक्राको डिएमभिपी च्याप्टर गठन
किराँत राई अर्गनाइजेशन अफ अमेरिकाले प्रकाश राईको नेतृत्वमा डिएमभिपी ( DMVP) च्याप्टरको गठन गरेको छ । गत नोभेम्बर २२ का दिन युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका (युक्रा) डिएमभिपि मेरिल्याण्ड च्याप्टरले रकभिलमा आयोजना गरेको छिरिनाम शाकेला (उधौली) ५०७८ को शुभकामना आदनप्रदान तथा नयाँ कार्यसमितिको चयन गरिएको हो ।
राईको अध्यक्षतामा गठन गरिएको उक्त डिएमभिपी च्याप्टरको उपाध्यक्षमा समिता राई, महासचिवमा हर्क राई र कोषाध्यक्षमा सरिता राई रहेका छन् भने सदस्यहरुमा जेनिला राई, प्रिति राई, सन्तोषी राई, प्रितम राई र रणवीर राई छन् । साथै सचिव पदका लागि नयाँकार्यसमितिले निर्णय गरेर पछि मनोनित गरिने बताएको छ ।
त्यस्तै डिएमभिपी च्याप्टरको कार्यसमिति बैठकले प्रमुख सल्लाहकारमा मिलन राई र केन्द्रीय प्रतिनिधि तथा बोर्ड अफ डाइरेक्टरमा कुसुम राइलाई च्याप्टरको बैठकले चयन गरिएको च्याप्टरका अध्यक्ष प्रकाश राईले बताएका छन् ।
सोहि अवसरमा नबनिर्वाचित पदाधिकारीहरुलाइ रामचन्द्र राईले खादा लगाइदिएर कार्यकाल सफलताको कामना गरेका थिए ।त्यस्तै डिएमभिपीको केन्द्रीय प्रतिनिधि तथा बोर्ड अफ डाइरेक्टरमा कुसुम राइलाई चयन गरिएको छ भने मिलन राईलाई प्रमुख सल्लाहकारको रुपमा चयन गरिएको बताइएको छ ।
युक्राका पूर्वअध्यक्ष तथा हालका सल्लाहकार तथा एनआरएनए अमेरिकाका पूर्वउपाध्यक्ष मिलन राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सुरुवातमा पारुहाङ सुम्निहा तथा यलम्बरको तस्बिरमा फूल चढाइएको थियो ।
अमेरिकीको थ्याङ्स गिभिङ् चाडको दिन आयोजना गरिएको उक्त, शुभकामना आदान–प्रदानमा सहभागीहरुले दुवै चाडको महत्व वारे चर्चा गरिएको थियो भने दोश्रोचरणमा भएको छलफलले वासिङटन डिसि, मेरिल्याण्ड, भर्जिनिया र पेन्सिलभेनिया (डिएमभिपि)च्याप्टरको पुनः गठन गरेको हो ।
त्यसैगरी कार्यक्रममा नेपालबाट सहभागी पाहुना र डिएमभिपि क्षेत्रमा बसाई सरि आउने नयाँ आगन्तुकहरुलाई स्वागत सम्मान गरिएको थियो । साथै कार्यक्रममको बिच बिचमा एकाआपसमा शाकेला तथा अन्य नाचगान र मनोरन्जन समेत गरिएको थियो ।
बाल्टिमोरको गोर्खाली फुटबल क्लबको आधिकारिक जर्सी (गन्जी)अनावरण कार्यक्रम सम्पन्न
अमेरिकाको डिसी क्षेत्रमा आयोजना हुने दशैँ–तिहार महोत्सव २०२२ मा १९७४ एडीका गायक एड्रियन प्रधानको प्रस्तुति हुने
अमेरिकामा गौरा प्रर्दशनी हुने
मगर संघ अमेरिकाको आठौं साधारणसभा सम्पन्न ,आपतकालीन राहत कोषको घोषणा
एचडिएनपी अन्तर्राष्ट्रियले कोषवृद्धि बार्षिक गाला कार्यक्रम गर्दै
प्रतिक्रिया