शुक्रबार, कार्तिक १४ २०७७
काठमाडौं १३:२३
वासिङटन डिसी 03:38

NRNA US निर्वाचनमा महासचिव र सचिवमा महेश र टेकको जोडी जित्नेभयो कृष्ण के सी/क्यालिफोर्निया

इनेप्लिज २०७४ साउन २४ गते १:४१ मा प्रकाशित

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको निर्वाचन अगष्ट ११ र १२, २०१७ मा हुँदैछ। चुनावको रन्को र फन्को चल्दै गरेको बेला विभिन्न प्यानलका विभिन्न पदका उम्मेदवारहरु मैदानमा छन्।

अध्यक्ष पछि दोश्रो प्रमुख रुपमा हेरिने पद महासचिव पद हो। यो पटक महासचिव पदमा जम्मा तीन जना उम्मेदवार छन्। तीन मध्य रबिना थापाको प्यानलबाट उम्मेदवार बनेका महेश मल्ल नै सबै भन्दा दरिला देखिनु भएको छ। मल्लले पुर्वबाट एकलौटी पार्दै पश्चिम क्यालिफोर्निया सम्मै घुमेर फर्कनु भएपछि अब जितको नजिक पुग्नु भएको छ। जवान तर दरिला र भित्रि पक्कड दरिलो भएका मल्ललाइ पश्चिम क्यालिफोर्निया र टेक्सास दुवै ठाउँका मतदाताले मन पराए।
आफ्नो न्यूयोर्क क्षेत्रको त पहिला देखिने ७०% बटुलेर बस्नु भएका मल्ल अब भने जित्ने निश्चितमा हुनुहुन्छ। उसै पनि गौरी जोसी प्यानलबाट महासचिवका उम्मेदवार खाली रहेको अवस्थामा त्यो मत समेत मल्ल तिर नै जाने पक्का भएको छ। त्यसैगरी सचिवका तीनजना प्रत्यासी मध्य एक जनाको प्रभाव देखिएको छैन भने अर्को एक जनालाइ कसैले नै चिनेको अवस्था छैन।

क्यालिफोर्निया निवासी टेक बहादुर लामा आफ्नो होमस्टेटमा त जम्नु नै भएको छ। भर्खरै टेक्सास र न्यूयोर्क सम्मको कार्यक्रम भ्याएर फर्कनु भएका लामाको माहोलले जित्ने परिपक्का भएको छ। न्यूयोर्कमा आफ्नो कार्यक्रम बाहेक उहाँले थुप्रै व्यक्तिहरुसंग व्यक्तिगत रुपमा पनि भेटघाट गर्नुभएको छ। फर्कने क्रममा लामाले भन्नुभयो अब त पक्का भयो जित, महेशजी संग जोडी जम्नेभयो।

हुन पनि पहिलो दिन देखि नै रबिना थापाको टिमबाट कतै बिचलित र नअल्मलिएर आएका महासचित र सचिवका उम्मेदवार क्रमस: महेश मल्ल र टेक बहादुर लामाको जोडी जम्ने भएको छ। मिलनसार स्वभावका दुबैजनाले आफु अब जितको पक्का स्थितिमा पुगेको कुरा बताउनुभयो।

प्रतिक्रिया