शुक्रबार, असार ४ २०७८
काठमाडौं १७:००
वासिङटन डिसी 07:15

निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रंप तथा ताइवानकि राष्ट्रपति बीच कुराकानी ,चीनको बिरोध

इनेप्लिज २०७३ मंसिर १८ गते ०:१२ मा प्रकाशित

fotoflexer_photo

अमेरिकाका निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रंप तथा ताइवानकि प्रथम डेमोक्रेटिक प्रोग्रेसिव दलकी पहिलो महिला राष्ट्रपति साई इंग वन संग दूरभाष बाट डिसेम्बर २ तारिख शुक्रबार कुराकानी गरेका छन् l

ट्रंपले पदभार लिनु अगाडी नै चार दशक अगाडी देखिको कुटनैतिक अभ्यास तोडेको र जस्को कारण चीन संगको सम्बन्ध फाटो हुन् सक्ने न्युयोर्क टाइम्समा समाचार छ l ट्रंपको कार्यालयले जनाए अनुसार ताइवानकि राष्ट्रपति वनले ट्रंपलाई बधाई दिएको बताएका छन् l ट्रंप १९७९ देखि ताइवानि नेताहरु संग कुराकानी गर्ने पहिला निर्वाचित राष्ट्रपति भएका छन् भनि न्युयोर्क टाइम्सले लेखेको छ l

ट्रंपको कार्यालय बाट प्रकाशित वक्तब्य अनुसार दुवै नेता बीच गहिरो आर्थिक ,राजनैतिक तथा सुरक्षा सम्बन्धमा दुवै नेताले ब्याख्या गरेको उल्लेख गरेको छ l डोनाल्ड ट्रंप को कार्यालयले पनि गत निर्वाचनमा बिजयी भएकी ताईवानको राष्ट्रपति साई इंग वन लाई बधाई ट्रंपले बधाई दिएको बताएको छ l

उक्त कुराकानीले चिन संगको सम्बन्धमा दरार हुन् सक्ने न्युयोर्क टाइम्सले लेखेको थियो l चीन ले कडा बिरोध जनाउदै ट्रंप गुटलाई समेत जानकारी गराएको छ l र ,टाईवान संग साबधान रहन आग्रह समेत गरेको छ l

प्रतिक्रिया