बिहीबार, असार १० २०७८
काठमाडौं ०२:०४
वासिङटन डिसी 16:19

अमेरिकी निर्वाचनमा अनाधिकृत प्रवेस (ह्याक) भएको बैज्ञानिकको दाबि

इनेप्लिज २०७३ मंसिर ९ गते ३:१६ मा प्रकाशित

fotoflexer_photo

अमेरिकाको आम निर्वाचन भएको दुई हप्ता पार गरि सकेको छ l निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रंप यस संक्रमण कालिन मन्त्रि मण्डल बिस्तारमा व्यापक लागेका छन् l अझ पनि निर्वाचक मत (इलेक्टोरल ) को समस्या देखा परि रहेको छ l

चुनावमा बिजयी भएता पनि राष्ट्रपति बन्ने डोनाल्ड ट्रम्पले अझै एक चरण उत्रीण गर्नुपर्छ l अर्थात २ सय ७० निर्वाचन मत महा बिद्यालय(कलेज)को मत पाउनु पर्छ l आगामी डिसेम्बर १९ को निर्वाचनमा २ सय ७० निर्वाचक मत ट्रंपले पाएनन् भने राष्ट्रपति हुने छैनन् । त्यस्तो हुने अवस्था न्यून छ l

पछिल्लो लोकप्रिय मत गणना अनुसार हिलारीले ६ करोड ४२ लाख प्राप्त गरेकी छिन् भने डोनाल्ड ट्रंपले ६ करोड २२ लाख प्राप्त गरेको आंकडाले देखाएको छ l कालिफोर्नियामा मात्र हिलारीको पक्षमा ३७ लाख पाएकी छिन् l लोकप्रिय मतले निर्वाचन जितिदैन l लोकप्रिय मतमा हिलारी २० लाखले निर्वाचित राष्ट्रपति भन्दा अगाडी छिन् l

img_6501

अमेरिकामा उत्कृष्ट सुसांख्य यन्त्र (कम्प्युटर )बैज्ञानिकहरुले अमेरिकी निर्वाचनमा अनाधिकृत प्रवेस (ह्याक) भएको पत्ता लगाएको दाबि गरेका छन् l र ,उनीहरुले हिलारी क्लिन्टन चुनाव अभियान टोलिलाई विस्कनसिन ,मिचिगन तथा पेनसेल भेनिया राज्यमा पुन मतगणना को पहल गर्न अनुरोध गरेका छन् l

गत बुधबार देखि नै यो कुरा संचार माध्यममा आई रहेका छन् भने केहि प्रमाण फेला पारेको र तिकडम गरेको दाबि गरेको पत्र पत्रिकाले लेखेका छन् l विस्कनसिन ,मिचिगन तथा पेनसेलभेनिया राज्यहरुमा अधिकांश डेमोक्रेटिक दलले जित्ने गरेको तर यस पटक हिलारी पराजित भएकोले उक्त राज्यहरुमा अनाधिकृत प्रवेस (ह्याक) भएको बैज्ञानिकको दाबि गरेको सीएनएन ले लेखेको छ l

उक्त बैज्ञानिकहरुले क्लिन्टनका उच्च सहयोगीहरुसंग भेटि फेला परेको कुराहरु प्रस्तुत गरेको समाचार छापेको छ l मिचिगन बिश्व बिद्यालयका केन्द्रका कम्प्युटर सुरक्षा तथा समाजका बैज्ञानिक मध्ये जे एलेक्स हाल्डरम्यानले क्लिन्टन निर्वाचन प्रचार प्रसार अभियानलाई जानकारी दिएका थिए l क्लिन्टनले ज्यादै खराब नतिजा प्राप्त गरेका काउन्टीका मतदान पत्र ,अन्य उपकरण बिधुतिय मतदान यन्त्रको तुलनामा शंकास्पद रहेको श्रोत अनुसार भनेको छ l

hillary_trump7

उक्त अनुसन्धान समुहले जोन पोडेस्ता ,क्लिन्टन चुनाव अभियान सभापति ,मार्क इलियस ,अभियान परामर्श दातालाई सूचना दिएका छन् l क्लिन्टनले केवल ७ प्रतिसत मत त्यी काउन्टीमा पाएकी थिइन् जुन बिधुतिय मतदान उपकरणमा निर्भर रहेको थियो l जस्मा समुहले यस्मा अनाधिकृत प्रवेस (ह्याक) भएको हुन् सक्दछ भनि दाबी गरेको सीएनएनले लेखेको छ l

प्रतिक्रिया