बिहीबार, असार १० २०७८
काठमाडौं १२:३३
वासिङटन डिसी 02:48

आन्वाले भर्जिनियाका नेपाली समुदायलाई निशुल्क स्वास्थ्य परिक्षण गरि दिने

इनेप्लिज २०७३ मंसिर ३ गते ११:४९ मा प्रकाशित

img_6357अमेरिका नेपाल महिला संघ बृहत वाशिंटन डीसी नामक नेपाली महिलाहरुबाट संचालित संस्थाले आगामी नया बर्ष २०१७ देखि नेपाली समुदायको बृहत हितको लागि निशुल्क नियमित स्वास्थ्य उपचार गरि दिने भएको छ l भर्जिनिया तथा डिसी क्षेत्रका नेपाली समुदाय प्रति समर्पण गर्दै स्वास्थ्य उपचार कक्ष (मेडिकल क्लिनिक )खोल्ने भएको छ l

यस सम्बन्धि बिशेष छलफल गर्दै गत नोवेम्बर १२ तारिखमा आन्वाले आयोजना गरेको बैठक बाट उक्त निर्णयको साथै भर्जिनिया क्षेत्रमा समेत जनवरी ७ ,२०१७ देखि नियमित उपचार कक्ष (क्लिनिक ) खोल्ने निर्णय हो l

मेरिल्याण्ड क्षेत्रमा लामो समय देखि समुदायमा काम गरि रहेकोले डीसी महानगर क्षेत्रमा समेत नेपाली समुदायको जन घनत्व पनि वृद्धि हुँदै गरेको अवस्थालाई मध्यनजर गर्दै आन्वाले उक्त निर्णय गरेको जानकारी गराएको छ l

img_6356

बर्तमान समयमा डीसी क्षेत्रमा लामो समय देखि चिकित्सक पेसामा रहेका चिकित्सक मदन उप्रेती कै उपचार कक्ष (क्लिनिक )बाट सुरुवात गरिने जानकारी दिएका छन् l नेपाली महिला समुदाय माझ सामाजिक अन्तरक्रियाको साथै अन्य अतिरिक्त क्रियाकलाप गर्दै महिलाहरुलाई सशक्तिकरण र सचेतना गराउने मुख्य उद्देश्य रहेको आन्वा सन् २००५ मा स्थापना भएको हो l निशुल्क स्वास्थ्य शिबिर कार्यक्रम आन्वाको यो एक बृहत परियोजना हो भने गैर मुनाफा सामजिक संस्था आन्वा ले बिबिध क्षेत्रमा थुप्रै सामाजिक काम गरि सकेको छ l

उक्त बैठकमा यो परियोजनाको साथै निर्वाचन ,छात्रवृति ,प्रांगण बिक्रि (यार्ड सेल ) आदी बिषयमा छलफल भएको आन्वाले बताएको छ l आगामी जनवरी ७ मा संचालन हुने दिनमा डीसी क्षेत्र समुदायका नेतृत्व वर्ग ,समाजसेवी ,समुदाय सदस्य ,सहयोगी ,शुभ चिन्तक तथा संचार माध्यमलाई समेत निमन्त्रणा गर्ने लक्ष्य रहेको संस्थाकी महा सचिब बन्दिता शर्मा दाहालले बताइन् l

img_6358

यसको साथै अन्य बिबिध बिषयमा छलफल हुनुका साथै उपस्थित सदस्यहरुले जिज्ञासा राख्नु को साथै संस्थाको बृहत हितको लागि सल्लाह सुझाब राखेका थिए l अमेरिकामा स्वस्थ्य उपचार अत्यन्तै महँगो पर्दछ l स्वास्थ्य बिमा नहुने र हुने दुबैको लागि यो उपयोगी हुनेछ l र ,नेपाली समुदायले  यसको लाभ उठाउन सकुन भन्ने हेतुले निशुल्क स्वास्थ्य परिक्षण अभियान सुरु गरिएको आन्वाका पदाधिकारीले जानकारी दिएका छन् l

कार्यक्रममा पूर्व अध्यक्ष माधवी कार्की ,मिना प्रधान ,सान कि अध्यक्ष मंजु संग्रौला ,भारती चन्द ,सरला पाण्डे ,अध्यक्ष विजय शाह ,अन्जु उप्रेती ,सरिता डंगोल ,बिना बैद्य ,सरिता शर्मा, सुन्दरी थापा ,जयन्ति बडेल ,भवानी शर्मा , बन्दिता शर्मा दाहाल ,उषा पनेरु ,पूर्व अध्यक्ष बिष्णु कुमारी थापा ,सुनिता सिवाकोटी तथा मथुरा सुबेदी को उपस्थिति रहेको थियो l

प्रतिक्रिया