शनिबार, असोज ३० २०७८
काठमाडौं २३:३४
वासिङटन डिसी 13:49

गोरख जयन्ती महाउत्सव मनाइयो

इनेप्लिज २०७३ जेठ ८ गते १८:५१ मा प्रकाशित

शान्तिबाटिकामा भएको गोरख जयन्ती महाउत्सव विशेष 8

देवर्षि, काठमाडौं । देशका विभिन्न ठाऊमा रहेका गोरख मठ–मन्दिर तथा अखडाहरूमा शनिवार भव्यताको साथमा महाउत्सवपूर्वक गोरख जयन्ती मनाइएको छ । काठमाडौंको शान्तिबाटिका रत्नपार्क, पशुपति मृगस्थली, थापाथली र काठमाडौं बाहिर गोरखा, दाङ्गलगायतका गोरखमठ तथा मन्दिर एवं अखडाहरूमा गोरख जयन्ती महाउत्सव भएको समाचार प्राप्त भएको छ ।

शान्तिबाटिकामा भएको गोरख जयन्ती महाउत्सव विशेष 1

बैशाख पूर्णिमाको दिनलाई भगवान श्रीश्रीश्री महायोगी सद्गुरु गोरखनाथ बाबा प्रकट भएको मान्यताको साथमा नाथ संप्रदायभित्र गोरखजयन्तीको रूपमा मनाउने चलन रहीआएको छ । यसै सन्दर्भमा यस वर्ष पहिलो पटक काठमाडौंको रत्नपार्कमा अवस्थित गोरखनाथको मूर्तिमा गोरख विधिबाट पूजाआजा गरी गोरखजयन्तीको उत्सव गरियो ।

शान्तिबाटिकामा भएको गोरख जयन्ती महाउत्सव विशेष 7

प्राय बन्द रहने रत्नपार्कको शान्तिबाटिका परिसरभित्र रहेको गोरखनाथको मूर्तिमा ॐ सेना नेपालले गोरखजयन्तीको दिनपारेर पूजाआजा गर्ने व्यवस्था मिलाएको थियो । काठमाडौं थापाथली गोरखनाथ अखडाका महन्त नारायणनाथ योगीले गोरखविधिबाट गोरखमूर्तिको पूजापाठ गर्नुभएको थियो । कार्यक्रममा ॐ सेना नेपालका अध्यक्ष धनबहादुर कुँवरबाट साधुसन्तहरूलाई दक्षिणा दिइएकोथियो भने उपस्थित सबैलाई प्रसाद वितरण भएको थियो ।

शान्तिबाटिकामा भएको गोरख जयन्ती महाउत्सव विशेष 6 शान्तिबाटिकामा भएको गोरख जयन्ती महाउत्सव विशेष 5 शान्तिबाटिकामा भएको गोरख जयन्ती महाउत्सव विशेष 4 शान्तिबाटिकामा भएको गोरख जयन्ती महाउत्सव विशेष 3 शान्तिबाटिकामा भएको गोरख जयन्ती महाउत्सव विशेष 2

प्रतिक्रिया