शुक्रबार, कार्तिक ५ २०७८
काठमाडौं ०३:५५
वासिङटन डिसी 18:10

नेपाल पुलिस क्लब विजयी

इनेप्लिज २०७२ चैत १९ गते १३:४५ मा प्रकाशित

सुरुङ्गा(झापा), १९ चैत । यहाँ जारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता अन्र्तगत आज भएको खेलमा गोरखा वाइज भारतलाई ३–१ ले पराजित गर्दै नेपाल पुलिस क्लब विजयी भएको छ ।

नेपाल पुलिसका तर्फबाट सुमन लामाले खेलको ३३ औं मिनेटमा पहिलो गोल गरेका थिए । त्यस्तै दोस्रो हाफको ३५ औँ मिनेटमा रवीन श्रेष्ठले गोल गर्दै अग्रता दोब्बर बनाए । गोरखा वाइले दोस्रो हाफको ३८ मिनेटमा गोल गर्दै खेलमा फर्कने प्रयास गरे पनि सफल हुन सकेन । त्यस्तै खेल सकिन एक मिनेट बाँकी रहँदा पुलिसका हेम थापाले थप एक गोल गर्दै टोलीको जित सुनिश्चित गरेका थिए ।

यही चैत २७ गतेसम्म सञ्चालन गरिने प्रतियोगितामा नेपाल र भारतका गरी १० टोलीको सहभागिता छ । प्रतियोगिताका विजेताले रु छ लाख र उपविजेताले रु तीन लाख सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजक समितिका अध्यक्ष होम पाण्डेले बताउनुभयो । शनिबार झापा ११ र कास्की ११ बीच खेल हुने छ ।

प्रतिक्रिया